पुलमा कफी बनाउँदा पर्यटकलाई ९ सय यूरो जरिवाना « Khabarhub

पुलमा कफी बनाउँदा पर्यटकलाई ९ सय यूरो जरिवाना


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनिसस्थित प्रहरीले रिआल्टो पुलका खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएका दुईजना जर्मन पर्यटकलाई जरिवाना तिराएका छन् ।

पिठ्यूँमा झोला भिरेर हिँड्ने ३२ र ३५ वर्षका ती पर्यटकहरूलाई कफी बनाएकोमा साढे नौ सय युरो जरिवाना तिराइएको हो । सोही कारण उनीहरूलाई शहर छाड्न पनि भनिएको छ।

सार्वजनिक स्थलमा शान्ति सुरक्षासम्बन्धी भेनिसले हालै कैयौँ कानुन ल्याएको छ, जसमा केही स्थानहरूमा भोज गर्ने र एक खालको कमिज लगाउन प्रतिबन्ध लगाइएको लगायत छन् । सो शहरमा प्रत्येक वर्ष तीन करोड पर्यटक पुग्छन्।

बर्लिनका ती पर्यटकहरू रिआल्टो पुलको खुड्किलोमा बसेर कफी बनाइरहेका थिए। त्यसबारे एकजना बटुवाले प्रहरीलाई खबर गरेका थिए।

रिआल्टो पुल द ग्र्याण्ड कानालमाथि भएका चारवटा पुलमध्ये सबैभन्दा पुरानो हो । गत डिसेम्बर महिनामा शहरले छोटो समयका लागि आउने पर्यटकहरूका लागि १० युरो सम्मको प्रवेश शुल्क लगाउने अनुमति पाएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ११ : ४५ बजे

रास्वपा महाधिवेशनमा विवाद, मतपरिणामपछि नाराबाजी

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

मतपरिणामपछि रास्वपा महाधिवेशनस्थलमा खुसी साटासाट (तस्बिरहरू)

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

रास्वपा पदाधिकारीको मतदान तालिका प्रभावित

काठमाडाैं – रास्वपाको पहिलो महाधिवेशनअन्तर्गत पदाधिकारीको निर्वाचन तालिका प्रभावित भएको

रास्वपाका प्रतिनिधिलाई पार्टीको खाना आजमात्रै भोलिदेखि आफैँ बस्दोबस्ती गर्नुपर्ने

काठमाडाैं – सत्तारुढ दल रास्वपाको चितवनमा जारी पहिलो महाविधेशनका लागि

रास्वपा महाधिवेशनमा नगएका अमरेशको चेतावनी : संघीयतामाथि हस्तक्षेप स्वीकार्य हुँदैन

काठमाडौं – रास्वपाका सांसद अमरेशकुमार सिंहले रास्वपाकै प्रस्तावनामाथि कडा टिप्पणी