पुलमा कफी बनाउँदा पर्यटकलाई ९ सय यूरो जरिवाना « Khabarhub

पुलमा कफी बनाउँदा पर्यटकलाई ९ सय यूरो जरिवाना


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनिसस्थित प्रहरीले रिआल्टो पुलका खुड्किलोमा कफी बनाउँदै गरेको अवस्थामा पक्राउ गरिएका दुईजना जर्मन पर्यटकलाई जरिवाना तिराएका छन् ।

पिठ्यूँमा झोला भिरेर हिँड्ने ३२ र ३५ वर्षका ती पर्यटकहरूलाई कफी बनाएकोमा साढे नौ सय युरो जरिवाना तिराइएको हो । सोही कारण उनीहरूलाई शहर छाड्न पनि भनिएको छ।

सार्वजनिक स्थलमा शान्ति सुरक्षासम्बन्धी भेनिसले हालै कैयौँ कानुन ल्याएको छ, जसमा केही स्थानहरूमा भोज गर्ने र एक खालको कमिज लगाउन प्रतिबन्ध लगाइएको लगायत छन् । सो शहरमा प्रत्येक वर्ष तीन करोड पर्यटक पुग्छन्।

बर्लिनका ती पर्यटकहरू रिआल्टो पुलको खुड्किलोमा बसेर कफी बनाइरहेका थिए। त्यसबारे एकजना बटुवाले प्रहरीलाई खबर गरेका थिए।

रिआल्टो पुल द ग्र्याण्ड कानालमाथि भएका चारवटा पुलमध्ये सबैभन्दा पुरानो हो । गत डिसेम्बर महिनामा शहरले छोटो समयका लागि आउने पर्यटकहरूका लागि १० युरो सम्मको प्रवेश शुल्क लगाउने अनुमति पाएको थियो।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ११ : ४५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै