च्याउ खाएर तीन परिवारका १२ जना बिरामी « Khabarhub

च्याउ खाएर तीन परिवारका १२ जना बिरामी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर-च्याउ खाएर उदयपुरमा १२ जना बिरामी परेका छन् । छुट्टाछुटै स्थानमा जंगली च्याउ खाएर ३ परिवारका १२ जना बिरामी भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

च्याउ खाएर त्रियुगा नगरपालिका –९ राजाबासमा १ परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना बिरामी भएका हुन् ।

राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका छन् ।

यस्तै, कटारी सिसाघारीकी ३५ वर्षीया टंककुमारी दनुवारले जंगलबाट टिपेर ल्याएको च्याउ खादाँ टंककुमारीसहित छोराहरु १४ वर्षीय अनिश, ११ वर्षीय महेन्द्र र ९ वर्षीया छोरी सुजिता दनुवार बिरामी भएका जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

टककुमारीका छिमेकी २० वर्षीया गंगाकुमारी तामाङ, १९ वर्षीया लक्ष्मी तामाङ र १७ वर्षीया समिता तामाङ समेत बिरामी भएको प्रहरी उपरीक्षक विरबहादुर बुढामगरले वताए । बिरामी सबैको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १२ : १८ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब