प्रहरीलाई ४ हजार घुस दिन खोजेपछि… « Khabarhub

प्रहरीलाई ४ हजार घुस दिन खोजेपछि…


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरीलाई घुस दिन खोज्ने एक जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२ टुकुचाबाट प्रहरीलाई नगद ४ हजार रुपैयाँ दिई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

काठमाडौं नयाँबजार बस्ने काभ्रे चौभास नगरपालिका-४ घर भएका ३४ वर्षीय सुनिल तामाङलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट खटिएको प्रहरीले बा.७४ प ९१४० नम्बरको स्कुटर जाँच गर्ने क्रममा स्कुटर चालक तामाङको साथमा चरेश जस्तो देखिने कालो पदार्थ करिब ४ ग्राम फेला परेकोले कारबाहीबाट बच्न उक्त नगद दिई प्रलोभनमा पार्न खोजे पश्चात् उनलाई स्कुटर सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  १ : ५९ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब