४ दिनदेखि १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी– ३ जना पक्राउ | Khabarhub Khabarhub

४ दिनदेखि १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी– ३ जना पक्राउ


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् ।

ललितपुर बस्ने १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर लगनखेल बस्ने उदयपुर ताप्ली गाउँपालिका-३ घर भएका २७ वर्षीय टेकलाल गिरी, सोही ठाउँ बस्ने ४५ वर्षीय कुमार खड्गी र काठमाडौं भिमसेनगोला बस्ने ४३ वर्षीय बखतबहादुर माझीलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

किशोरीलाई  बिगत ४ दिनदेखि ललाई फकाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरीले उनीहरु ३ जनालाई काठमाडौं भिमसेनगोलाबाट पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  २ : ०२ बजे

बागमती प्रदेशमा आज सार्वजनिक बिदा

काठमाडौं– बागमती प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ

बाँकेमा पाँच हजार हेक्टर वन क्षेत्रमा डढेलो

नेपालगञ्ज– बाँकेका विभिन्न सामुदायिक वन र चक्ला वनको पाँच हजार

इटालियन सिरी ए : रोमा र युभेन्टसले खेले बराबरी

काठमाडौं– इटालियन सिरी ए फुटबलमा रोमा र युभेन्टसले बराबरी खेलेका

एस्टन भिल्लामाथि ब्राइटनको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटनसँग एस्टन भिल्ला पराजित भएको

हमास-इजरायल द्वन्द्व : युद्ध विरामको माग बढ्दै

इजरायलको तेल अभिभमा हजारौँको प्रदर्शन भयो। प्रदर्शनकारीको एउटै माग थियो।