म्यानपावर कम्पनीलाई तत्काल शाखा कार्यालय खोल्न अनुमति दिएको छैन : विभाग « Khabarhub

म्यानपावर कम्पनीलाई तत्काल शाखा कार्यालय खोल्न अनुमति दिएको छैन : विभाग


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– वैदेशिक रोजगार विभागले इजातवाला म्यापावर कम्पनीलाई शाखा कार्यालय खोल्न अनुमति नदिएको जनाएको छ । वैदेशिक रोजगार ऐन शंसोधनमा म्यानपावर कम्पनीलाई शाखा कार्यालय प्रदेश स्तरमा खोल्न दिने व्यवस्था भएपनि नयाँ कार्यविधि बनाएर मात्र शाखा कार्यालय सञ्चालन गर्ने दिने विभागले जानकारी दिएको छ ।

पछिल्लो समय म्यानपावर कम्पनी र सरकार बीच म्यानपावरले राख्ने धरौटीका विषयमा टुंगो लाग्न सकेको छैन । वैदेशिक रोजगार ऐन संशोधन भई लागू भएपनि शाखा कार्यालय कसरी सञ्चालन गर्न दिने भन्ने कार्यविधि निर्माण भइरहेको विभागका महानिर्देशक भीष्मकुमार भुषालले बताए ।

‘धरौटीको टुंगो नलागेसम्म शाखा कार्यालय खोल्न अनुमति दिएको छैन । शाखा कार्यालय कसरी चलाउन भने विषयमा कार्यविधि निर्माण भइरहेको छ ।’ महानिर्देशक भुषालले भने, ‘भ्रम फैलाएर कसैले शाखा कार्यालय खोलेको भेटिए कानूनी कारवाही हुन्छ ।’

पुराना शाखा कार्यालयको कागजागत देखाएर शाखा कार्यालय खोलेर भ्रम फैलाइरहेको उनको भनाई छ । पछिल्लो समय म्यानपावर कम्पनीले म्यानपावरका शाखा कार्यालय मुख्य-मुख्य शहरमा खोल्न थालेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  २ : १५ बजे

आज २०८२ साल फागुन ३० गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन ३० गते  शनिबार चैत

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब