विषादी परीक्षण गर्न अत्याधुनिक उपकरण ल्याउने काठमाडौं महानगरको तयारी | Khabarhub Khabarhub

विषादी परीक्षण गर्न अत्याधुनिक उपकरण ल्याउने काठमाडौं महानगरको तयारी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान ल्याउने भएको छ । पछिल्लो समय तरकारीमा विषादीको मात्रा अत्याधिक रहेको खबर फैलिएसँगै महानगरले यो योजना अघि सारेको हो ।

काठमाडौं महानगरपालिकाको नगरसभाले हालै पारित गरेको आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रमबारे जानकारी दिन आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा विषादी परीक्षण गर्ने उपकरण खरिद गर्न लागिएको महानगरका प्रवक्ता ईश्वरमान डंगोलले बताए ।

‘विषादीको प्रयोग नभएको तरकारी तथा फलफूलमात्र बिक्री–वितरण गर्न नियमित रुपमा गुणस्तर परीक्षण गरिनेछ’ प्रवक्ता डंगोलले भने, ‘यसका लागि अत्याधुनिक उपकरणसहितको मोबाइल भ्यान प्रयोगमा ल्याइनेछ ।’

विषादी परीक्षण मेसिन प्रयोगमा आएपछि वस्तुको गुणस्तर मापदण्डअनुसार भए/नभएको थाहा हुनेछ ।

३ वर्षभित्र काठमाडौंमा मोनो रेल चलाउने योजना

महानगरले आगामी ३ वर्षभित्र काठमाडौंमा मोनो रेल सञ्चानमा ल्याउने कार्ययोजना तय गरेको छ । महानगरले पारित गरेको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ३ वर्षभित्र मोनो रेलको उचित व्यवस्था गरी सञ्चालनमा ल्याउनेसमेत उल्लेख गरिएको छ ।

फोहोरमैला व्यवस्थापन, बुद्ध पार्क निर्माण, मेला हल निर्माण, बालाजु बाईसधाराको स्तरोन्नती, महानगर क्षेत्र भित्र बन्ने सम्पदाहरुको सुदृढीकरण, पर्यटन पदमार्गको पनि उचित व्यवस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

त्यस्तै गरी प्राविधिक तथा व्यवसायिक शिक्षाको विस्तार लागि आगामी दुई वर्षभित्र विद्यालय सञ्चालन गर्ने समेत कार्यक्रममा समावेश गरिएको छ ।

जेष्ठ नागरिकहरुलाई उपचारको उचित व्यवस्था गर्न प्रदेश र संघीय सरकारसँग सहकार्य गरेर ‘महानगर ज्येष्ठ नागरिक अस्पताल’ सञ्चालनमा ल्याउने महानगरको योजना रहेको डंगोलले बताए । त्यसका लागि ‘महानगरले आवश्यक बजेटको व्यवस्था गरिएको छ’ उनले भने ।

यसैबीच, महानगरको पाँचौ नगर अधिवेशनको चौथो पटक बसेको बैठकले १५ अर्ब ५० करोड ७० लाख १२ हजार रुपैयाँको बजेट पारित गरेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ३ : ०० बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले