ट्रेकिङ गाइड बन्न चाहनुहुन्छ ? सरकारले दिँदै छ तालिम « Khabarhub

ट्रेकिङ गाइड बन्न चाहनुहुन्छ ? सरकारले दिँदै छ तालिम


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालका पर्यटकीय क्षेत्रको भ्रमण तथा अवलोकन गर्न आउने विदेशी पर्यटकका लागि पथ प्रदर्शक (ट्रेकिङ गाइड) बन्ने चाहना छ ? यदि तपाईंलाई पनि पर्यटकसँगै रमाइला क्षेत्रको भ्रमण गर्ने र पर्यटकलाई त्यस्ता ठाउँबारे जानकारी गराउने चाहना छ भने ट्रेकिङ गाइड बन्नु तपाईंको सही छनौट हुने छ ।

सरकारले शुरु गरेको विशेष अभियान ‘भ्रमण वर्ष २०२०’मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । जसका लागि ठूलो संख्यामा पथ प्रदर्शक आवश्यक पर्ने देखिन्छ ।

सरकारले साउन १५ गतेदेखि ट्रेकिङ गाइडको तालिम सञ्चालन गर्दै छ । उक्त तालिममा सहभागी हुन चाहने नेपाली नागरिकले साउन १० गतेसम्म आवेदन फारम भर्न सक्नेछन् ।

सरकार मातहत रहेको नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सञ्चालन गर्ने तालिममा सहभागी हुन ७ हजार शुल्क तिर्नुपर्ने छ ।

विस्तृत विवरणको लागि तलको सूचना हेर्नुहोस्,

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ३ : ५१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले