नेकपा एकीकरण : ८३  इञ्चार्ज र सह– इञ्चार्ज तोकिए « Khabarhub

नेकपा एकीकरण : ८३  इञ्चार्ज र सह– इञ्चार्ज तोकिए


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले जिल्ला इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लगाएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगरपालिकाका गरि ८३ इञ्चार्ज तथा सह–इञ्चार्ज टुंगो लगाएको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले ७७ जिल्ला कमिटी र जिल्ला कमिटी सरह नै मान्यता पाएका ६ महानगरका इञ्चार्ज र सह–इञ्चार्जको टुंगो लागेको बताए ।

नामावली आइतवार साँझसम्म सार्वजनिक हुने उनले बताए । यो निर्णयलाई केन्द्रीय कमिटी र स्थायी समितिमा पनि पेश गरिने प्रवक्ता श्रेष्ठले बताए ।

इञ्चार्ज र सहइञ्चार्जको जिम्मेवारी तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका इञ्चार्ज र सहइञ्चार्जलाई नै दिइएको उनले बताए ।

पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र तत्कालीन माओवादीले ३८ जिल्ला इन्चार्ज पाएको छ । तत्कालीन एमालेको भागमा इञ्चार्ज परेको जिल्लामा तत्कालीन माओवादीको सह–इञ्चार्ज र तत्कालीन माओवादीको इञ्चार्ज भएको जिल्लामा तत्कालीन एमालेको सह–इञ्चार्ज रहनेछन् ।

आज नै निर्णय हुने भनिएको विभिन्न विभाग, आयोगको एकताको निर्णय भने सरेको छ । मंगलबार १ बजेका लागि बोलाइएको अर्को बैठकले यसबारे निर्णय गर्ने भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : ०१ बजे

तराईमा बाक्लो हुस्सु र कुहिरो अझै तीन दिन कायम रहने

काठमाडौं – तराईमा लागेको बाक्लो हुस्सु र कुहिरो अझै केही

निर्वाचन ७१ दिन बाँकीः समानुपातिकतर्फको बन्द सूची तयार पार्दै दल

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरुले

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार

आज २०८२ साल पुस ९ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ९ गते बुधबार तदनुसार