संघर्ष समितिले माग्यो देशभर रहेका गुठी जग्गाको विवरण « Khabarhub

संघर्ष समितिले माग्यो देशभर रहेका गुठी जग्गाको विवरण


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिले गुठी संस्थानसँग गुठीको सम्पूर्ण जग्गाको विवरण माग गरेको छ ।

समितिले आइतबार त्रिपुरेश्वरस्थित गुठी संस्थानको कार्यालयमा पुगेर गुठीको जग्गाको सम्पूर्ण विवरण उपलब्ध गराउन माग गरेको हो ।

समितिका संयोजक गणपतिलाल श्रेष्ठ नेतृत्वको समितिले संस्थानका अध्यक्ष मिनराज चौंधरीलाई बुझाएको ज्ञापन पत्रमा गुठीका चल/अचल सम्पत्ति र त्यसको कारोबारको विवरण पनि उपलब्ध गराउनुपर्ने उल्लेख गरिएको छ ।

गुठीको जग्गा तथा चल÷अचल सम्पत्ति व्यक्तिले आफ्नो नाममा ल्याएर भोग चलन गरिरहेको समाचार बाहिर आउन थालेपछि समितिले त्यसको सम्पूर्ण विवरण उपलब्ध गराउन गुठी संस्थानसँग माग गरेको हो ।

गुठीको जग्गासहितका चल/अचल सम्पत्तिको सम्पूर्ण विवरण गुठी संस्थानसँग माग गरिएको समितिका संयोजक श्रेष्ठले बताए । गुठीको सम्पत्तिको संरक्षण गर्न पनि समितिले गुठी संस्थानसँग सो विवरण माग गर्नु परेको संयोजक श्रेष्ठको भनाइ थियो ।

यता, गुठी संस्थानका अध्यक्ष चौधरीले कार्यालयमा उपलब्ध भएको गुठीको सम्पत्तिको सम्पूर्ण वितरण समितिलाई बुझाउने प्रतिवद्धता व्यक्त गरेका छन् । उनले ६९ वटा जिल्लामा गुठीहरु रहेकाले त्यसको तथ्यांक संकलन गर्न भने केही समय लाग्ने बताए ।

समितिका संयोजक श्रेष्ठले गुठी संस्थानलाई गुठीको जात्रा, पर्वमा दिने गरेको खर्चको विवरण पनि माग गरिएको बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ४ : ४१ बजे

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको

पहिरोले बेँसीसहर-चामे सडक अवरुद्ध

लमजुङ– पहिरोले लमजुङ-मनाङ जोड्ने सडक बेँसीसहर-चामे सडक अवरुद्ध भएको छ

‘हाइड्रो हब’ बन्दै अन्नपूर्ण : जलविद्युतले समृद्धि ल्यायो, वातावरणीय चुनौती बढायो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको उदीयमान ‘हाइड्रो हब’का

हलगोरु पाल्ने ३९ किसानलाई प्रोत्साहन रकम वितरण

दमौली– परम्परागत कृषि प्रणालीको संरक्षण तथा किसानलाई खेतीपातीप्रति थप प्रोत्साहित

मेसीका बुबा जर्ज अस्वस्थ, अफवाहको पछि नलाग्न परिवारको आग्रह

काठमाडौँ – विश्वप्रसिद्ध फुटबलर लियोनेल मेसीका बुबा जर्ज मेसी स्वास्थ्य