खानेपानी मन्त्री मगरद्वारा गायिका घर्तीमगरलाई सम्मान « Khabarhub

खानेपानी मन्त्री मगरद्वारा गायिका घर्तीमगरलाई सम्मान


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली सुगम संगीतका चर्चित तथा लोकप्रिय गायक स्व. अरुण थापा मगरको सम्झनामा आइतबार विशेष कार्यक्रम आयोजना गरिएको छ ।

नेपाल मगर विद्यार्थी संघ र नेपाल मगर साँस्कृतिक संघ केन्द्रीय समितिले प्रज्ञा भवनमा स्व. थापाको २० औं स्मृतिसभा तथा संगीत पुरस्कार वितरण समारोह आयोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथि खानेपानी मन्त्री बिना मगरले वरिष्ठ गायिका पवित्रा घर्तीमगरलाई पुरस्कार सहित सम्मान गरेकी हुन् ।

गायिका घर्ती मगरले करिब ५ सय जति लोक तथा आधुनिक गीतहरु गाएकी छिन् । कार्यक्रममा सम्बोधन गर्दै खानेपानी मन्त्री मगरले अरुण थापा जस्तो चर्चित तथा लोकप्रिय गायकको सम्झना सबैले गर्नुपर्ने र गीत संगीतको क्षेत्रमा उनले पुर्‍याएको योगदानलाई राज्यले उचित कदर गर्नुपर्ने बताए ।

उनले गायक अरुण थापाको गीतको प्रशंसक भएको बताइन् । फरक प्रसंगमा उहाँले राज्य व्यवस्था परिवर्तनमा मगर समुदायले गरेको त्याग र बलिदानीको उच्च प्रशंसा समेत गरिन् ।

‘मगर समुदायले राज्य व्यवस्था परिवर्तन गर्न बलिदान मात्रै दिन जानेको छैन, उनले भनिन्, ‘मगर समुदाय समृद्ध नेपाल निर्माणमा समेत सहयोग र साथ दिन सधैं तयार रहनुपर्छ ।’

कार्यक्रममा गायक स्व. अरुण थापाको सम्झनामा उनका गीत गाएका थिए । ‘ऋतुहरुमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया गरे पनि जति कसम खाए पनि’, ‘भुलुँ भुलुँ लाग्यो मलाई’, र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायत स्व. थापाका थुप्रै गीतहरु अझैपनि उत्तिकै चर्चित छन् ।

वि.सं २०५६ साउन ५ गते ४७ वर्षको उमेरमा फोक्सोको क्यान्सरबाट गायक थापाको निधन भएको थियो ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : २७ बजे

मार्कोसविरुद्ध महाभियोग उजुरी दर्ता

एजेन्सी– फिलिपिन्सका नागरिक समाज समूहका सदस्यहरूले बिहीबार राष्ट्रपति फर्डिनान्ड मार्कोसविरुद्ध

‘रातो सारीमा सजिएकी म’

काठमाडौं – रातो सारी लगाएको तस्बिहरु सार्वजनिक गरेपछि नायिका सनिशा

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता 

काठमाडौं– सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिइएको छ ।

हिट फिल्म ‘ऊनको स्वीटर’ युट्युबमा

काठमाडौं – नायक विपीन कार्की र नायिका मिरुना मगर स्टारर

जाँचबुझ आयोगको म्याद २० दिन थपियो

काठमाडौं– सरकारले जेन-जी आन्दोलनका क्रममा भएको घटनाबारे अनुसन्धानका लागि गठन