तीनवटै फर्म्याटको कप्तानी कोहलीलाई, पाण्ड्यालाई आराम « Khabarhub

तीनवटै फर्म्याटको कप्तानी कोहलीलाई, पाण्ड्यालाई आराम


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले वेष्ट इन्डिजसँग हुने टेष्ट, एकदिवसीय र ट्वान्टी–ट्वान्टी शृङ्खलाका लागि छुट्टा–छुट्टै टोली घोषणा गरेको छ । आइतबार घोषणा गरेका तीनवटै टोलीको कप्तानी विराट कोहलीले गर्नेछन् ।

भारतीय क्रिकेट काउन्सिल (बीसीसीआई) ले सार्वजनिक गरेको टेष्ट टोलीमा कप्तान विराटसँगै माङ्यक अग्रवाल, केएल राहुल, चेतेश्वर पुजारा, अजिंक्या रहाने, हनुमा विहारी, रोहित शर्मा, रिसब पन्त, रिद्धिमान शाह, रविचन्द्र अश्विन, रविन्द्र जडेजा, कुलदीप यादव, इशान्त शर्मा, मोहम्मद शामी, जसप्रीत बुम्रराह र उमेश यादव छन् ।

बीसीसीआईले घोषणा गरेको टोलीमा युवा खेलाडी हार्दीक पाण्ड्याले आराम पाउँदा अर्का स्टार खेलाडी जसप्रित बुम्रराह टेष्ट टोलीमा मात्र छन् भने अनुभवि खेलाडी तथा पूर्व कप्तान तथा विकेटकिपर ब्याट्सम्यान महेन्द्रसिंह धोनी टोलीमा अटाएका छैनन् ।

यस्तै भारतको एकदिवसीय अन्तरराष्ट्रिय शृङ्खलाका लागि कोहलीकै कप्तानीमा रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस ऐयर, मनिष पाण्डे, रिसब पन्त, रविन्द्र जडेजा, कुलदीप यादव, युजवेन्द्र चाहल, केदार जादभ, मोहम्मद शामी, भुवनेश्वर कुमार, अलील अहमद र नवदीप सैनी छन् ।

भारतले अगष्ट पहिलो सातादेखि सेप्टेम्बर तेस्रो साता सम्म वेस्ट इन्डिजसँग दुई टेष्ट तथा तीन एकदिवसीय र ट्वान्टी–ट्वान्टी क्रिकेट खेल्नेछ ।

यस्तै, ट्वान्टी–ट्वान्टी खेल्ने टोलीमा कप्तान विराटसँगै रोहित शर्मा, शिखर धवन, केएल राहुल, श्रेयस ऐयर, मनिष पाण्डे, रिसब पन्त, क्रुनाल पाण्डेय, रविन्द्र जडेजा, वासिंटन सुन्दर, राहुल चाहर, भुवनेश्वर कुमार, दीपक चाहर, खलील अहमद, दीपक चाहर र नवदीप सैनी छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ५ : ३३ बजे

पिएम कपमा आशिफ शेखको दोहोरो शतक : बन्यो नयाँ रेकर्ड

काठमाडौँ – पिएम कप क्रिकेटमा सशस्त्र पुलिस क्लबका ओपनर आशिफ

इटहरी गोल्डकप आजदेखि, एफसी नाइजेरिया र युवा समाज मोरङबीच प्रतिस्पर्धा

सुनसरी– सुनसरीको इटहरीमा आजदेखि १६औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण रेडबुल इटहरी

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल

बिमस्टेक स्तरीय रेडियोलोजी सम्मेलन र्‍याडकन २०२६ सम्पन्न, डा. कार्की पहिलो अध्यक्ष निर्वाचित 

काठमाडौं- नेपालको रेडियोलोजी क्षेत्रमा एक ऐतिहासिक कोशेढुङ्गा कायम गर्दै पहिलो

पिएम कपमा विनोद भण्डारीको शतक

काठमाडौँ – पिएम कप क्रिकेटमा त्रिभुवन आर्मी क्लबका विनोद भण्डारीले