२७ वर्षीया रसियन सुन्दरीसँग विवाह गरेका मलेसियाका पूर्व राजाको सम्बन्धविच्छेद « Khabarhub

२७ वर्षीया रसियन सुन्दरीसँग विवाह गरेका मलेसियाका पूर्व राजाको सम्बन्धविच्छेद


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिङ्गापुर– केही समयअघि रुसी सुन्दरीसँग विवाह गरेका मलेसियाका पूर्व राजा तथा केलान्तान राज्यका सुल्तान मोहम्मद पाचौंले ती रुसी सुन्दरीसँग सम्बन्धविच्छेद गरेको खुलासा भएको छ ।

सिङ्गापुरका एक अधिवक्ताले उनीहरुबीच पारपाचुके भएको पुष्टि गरेका हुन् । उनले दुई योग्य मुसलमानलाई साक्षी राखेर रुसी सुन्दरी रिहाना ओक्साना वोवोडिनासँग तीन तलाकका साथ इस्लामिक परम्पराअनुसार सम्बन्ध विच्छेद गरेको खुलासा भएको हो ।

यद्यपि मिस मस्को भइसकेकी ती रुसी सुन्दरीले भने आफू र सुल्तान मोहम्मदबीच सम्बन्ध विच्छेद नभएको दाबी गर्दै आएको समाचारमा जनाइएको छ ।

उमेरमा करिब २३ वर्ष फरक रहेका ५९ वर्षे सुल्तान मोहम्मद र २७ वर्षे सुन्दरी वोवोदिनाको विवाह गत वर्ष जुन ७ मा भएको थियो ।

मोहम्मद मलेसियाको सुल्तान रहेकै बेला दुईबीच भएको विवाहलाई शुरुमा गुपचुप राखिएपनि पछि सामाजिक सञ्जालमा उनीहरुबीच विवाह भएको समारोहका फोटो र भिडियोहरु भाइरल भएका थिए । पछि यही वर्षको जनवरीमा उनले मलेसियाको नरेशको गद्दि त्याग गरेका थिए ।

ती रुसी सुन्दरीले हालै बच्चालाई जन्म दिएको समेत जनाइएको छ । तर, मध्य जुलाईमा एकाएक उनीहरुबीच पारपाचुके भएको हल्ला शुरु भएको थियो, जसलाई रुसी सुन्दरी वोवोडिनाले खण्डन गरेकी थिइन् । हालै सिङ्गापुरका एक अधिवक्ताले गत जुन २२ मा उनीहरुबीच सिङ्गापुरमा इस्लामिक विधिबाट पारपाचुके भएको र पारपाचुकेको प्रमाणपत्र जुलाई १ मा जारी गरेको जनाएका हुन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ७ : ५८ बजे

कांग्रेस महाधिवेशन : उदयशमशेरले दिए महामन्त्री पदमा उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५ औं महाधिवेशनमा उदयशमशेर राणाले महामन्त्री पदमा

कमला नदीको पुल निर्माण अन्तिम चरणमा, मङ्सिरदेखि सञ्चालनमा ल्याइने

जनकपुरधाम– पूर्व–पश्चिम हुलाकी राजमार्गअन्तर्गत धनुषा र सिरहा जिल्ला जोड्ने कमला

म्यारियटमा ‘द एसेन्स अफ जापान’ : एडामामेमा जापानका परिकारको यात्रा

काठमाडौं– काठमाडौं म्यारियट होटलको विशेष एसियन रेस्टुरेन्ट एडामामेले ‘द एसेन्स

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको