राजस्व निकायको सर्भर ह्याक गरी बुल्गेरियाका अधिकांश नागरिकको विवरण सार्वजनिक गरेपछि… « Khabarhub

राजस्व निकायको सर्भर ह्याक गरी बुल्गेरियाका अधिकांश नागरिकको विवरण सार्वजनिक गरेपछि…


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सोफिया– कोही व्यक्ति वा संस्थाको कम्प्युटर ह्याक भएका घटना नौलो लाग्न छाडिसकेका छन् ।

कुनै ठूला संस्था वा नाम चलेका व्यक्तिका कम्प्युटर ह्याक भएको समाचार बारम्बार आउने गरेका छन् । सोही कारण यस्ता ह्याकिङका घटना सामान्य लाग्छन् ।

तर, हालै एउटा अपत्यारिलो समाचार सार्वजनिक भएको छ । समाचार अनुसार हालै एउटा मुलुक पूरै ह्याकरको सिकार भएको हो । ह्याकरले मुलुकका अधिकांश नागरिकको विवरण ह्याक गरेर डाउनलोडेबल फाइल बनाएर इन्टरनेटमा शेयर गरेका छन् ।

घटना पूर्वी युरोपेली मुलुक बुल्गेरियाको हो, जहाँ ह्याकरले राष्ट्रिय कर तथा राजस्व निकायको कम्प्युटर सर्भर ह्याक गरी आधाभन्दा बढी परिवारको विवरण चोरी गरेका छन् । ती ह्याकरले मानिसहरुको व्यक्तिगत तथा आर्थिक विवरण चोरी मात्र गरेका छैनन्, डाउनलोडेबल फाइल बनाएर इन्टरनेटमा समेत राखिदिएका छन् ।

इन्टरनेट डार्क वेभ भनिने गोप्य क्षेत्रमा यस्ता दशौं लाख बुल्गेरियाली नागरिकको विवरण अपलोड गरिएको छ । यी डेटा १०.७ जीबी बराबरको रहेको बताइएको छ । ५७ फोल्डमा उपलब्ध यी डेटामा मानिस तथा व्यावसायिक संस्थानको आर्थिक विवरण, व्यक्तिगत विवरण तथा अन्य महत्वपूर्ण विवरणहरु राखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

ह्याकिङ भएलगत्तै बुल्गेरियाका अधिकारीले अनुसन्धान अघि बढाएका थिए । अनुसन्धानबाट विदेशी भूमिबाट ह्याकिङ भएको निष्कर्ष निकालिएपनि ह्याकिङ भएको केही समयलगत्तै एक वर्षे युवाले आफूले राजस्व निकायको कम्प्युटर सर्भर ह्याक गरेको दाबी गर्दै स्थानीय सञ्चारमाध्यमलाई जानकारी गराएका थिए । ती युवाले सरकारले आफ्नो साइबर सुरक्षालाई मजबुत बनाउनु भन्दा पनि विदेशीलाई ह्याकिङको आरोप लगाएर उम्कन खोजेको समेत जनाएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : १३ बजे

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण

चुनावको खर्च विवरण ३५ दिनभित्रै सार्वजनिक गर्न आग्रह

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन प्रचारप्रसारमा भएको आम्दानी