‘भीसीटिएस’ अध्ययन गर्न कार्यदल गठन « Khabarhub

‘भीसीटिएस’ अध्ययन गर्न कार्यदल गठन


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ‘माल बस्तु तथा ढुवानी साधनको अनुगमन प्रणाली (भिसिटीएस)’ लागू गराउन देखिएको व्यवहारिक कठिनाई हल गर्न पाँच सदस्यीय कार्यदल गठन गर्ने भएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपाल उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुसँग आइतबार छलफल गर्दै सो प्रणाली लागू गराउन देखिएका समस्या समाधानका लागि ५ सदस्यीय कार्यदल गठन गर्ने घोषणा गरेका हुन् ।

कार्यदलमा अर्थ मन्त्रालयका २ जना, नेपाल उद्योग वाणिज्य महासंघका २ जना र विज्ञहरुको तर्फबाट एक जना प्रतिनिधि रहने सहमति पनि गरिएको महासंघकी अध्यक्ष भवानी राणाले जानकारी दिइन् ।

सो प्रणाली लागू गराउन आवश्यक पूर्वाधारको विकास समेत नभएको भन्दै उद्योगीहरुले विरोध गरिरहेका थिए । यस सम्बन्धमा देखिएको समस्या समाधानका लागि कार्यदल गठन गरिएको र त्यसले एक हप्ता भित्र बुझाउने सुझावको आधारमा ती समस्या समाधान गर्न सरकार सकारात्मक रहेको पनि महासंघकी अध्यक्ष राणाले बताइन् ।

महासंघले अर्थमन्त्री खतिवडालाई स्थानीय स्तरमा हुने ढुवानी व्यवसायीहरुको माग तत्काल सम्बोधन गर्न पनि ध्यानाकर्षण गराएका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : २३ बजे

अक्षय खन्नाले ‘दृश्यम ३’ छोडेपछि निर्माता मंगलतले जारी गरे कानुनी नोटिस

काठमाडौं– बलिउड फिल्म धुरन्धरको अपार सफलतापछि अभिनेता अक्षय खन्नाले अचानक

साढे ८ महिनामा आगलागीका घटनामा ५२ जनाको मृत्यु

काठमाडौं– चालु आर्थिक वर्षको वैशाख १ गतेदेखि पुस १३ गतेसम्म

गाउँमा विशेषज्ञसहितको स्वास्थ्य शिविर

तम्घास– धुर्कोट गाउँपालिका–४ जैसीथोकमा सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट ४०० जना

मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’

ढोरपाटन– एकदशक अगाडिसम्म बागलुङका ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको सहज पहुँच थिएन

कुलमानविरुद्ध रवि सिंहको आक्रोश : मन्त्रीको डनगिरीले निर्माण क्षेत्र धराशायी

काठमाडौं- उर्जा, जलस्रोत तथा सिचाई, भौतिक पूर्वाधार तथा यातायात र