च्याउ खाँदा ६ जना बिरामी « Khabarhub

च्याउ खाँदा ६ जना बिरामी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जंगली च्याउ खाँदा दाङ र चितवनमा ६ जना बिरामी परेका छन् । च्याउ खाँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ६८ वर्षीया दुर्गा रेग्मी, उनका ३१ वर्षीय छोरा जीवराज र २० वर्षीया छोरी संगीता बिरामी परेका हुन् ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार दुर्गा र जीवराजको अवस्था गम्भीर छ । उनीहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पताल लगिएको छ ।
भरतपुरमा ३ जना बिरामी
यसैबीच जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् ।

बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनैजनाले आज बिहान जङ्गली च्याउ पकाएर खाएका थिए । बिरामी परेका उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ५५ बजे

स्याङ्जाका दुई कार्यालय गाभिए, सेवा एकै ठाउँबाट दिइने

वालिङ– स्याङ्जाका दुई कार्यालय गाभिएका छन् । गण्डकी प्रदेशअन्तर्गत रहेका

शैक्षिक हडताल, उपत्यका स्कुलहरू बन्द (तस्बिरहरू)

काठमाडौं– नामै नसुनेका जनपक्षीय विद्यार्थी युनियन, नेपालले काठमाडौं उपत्यकामा शैक्षिक

संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ : नेपाली सेना

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थालाई सहज तुल्याउने सन्दर्भमा राष्ट्रपति र कार्यपालिकाको निर्णय

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित