च्याउ खाँदा ६ जना बिरामी « Khabarhub

च्याउ खाँदा ६ जना बिरामी


५ श्रावण २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जंगली च्याउ खाँदा दाङ र चितवनमा ६ जना बिरामी परेका छन् । च्याउ खाँदा घोराही उपमहानगरपालिका–१७ भैसाहीका ६८ वर्षीया दुर्गा रेग्मी, उनका ३१ वर्षीय छोरा जीवराज र २० वर्षीया छोरी संगीता बिरामी परेका हुन् ।

प्रहरी नायब उपरीक्षक विनोदविक्रम शाहका अनुसार दुर्गा र जीवराजको अवस्था गम्भीर छ । उनीहरुलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा सामान्य उपचार गरिएपछि थप उपचारका लागि बाँकेको कोहलपुर अस्पताल लगिएको छ ।
भरतपुरमा ३ जना बिरामी
यसैबीच जङ्गली च्याउ खाँदा भरतपुर महानगरपालिका–८ सीताराम चोकका एकै परिवारका तीन जना बिरामी भएका छन् ।

बिरामी पर्नेमा २५ वर्षीय बुद्धलाल बोलन, उनकी श्रीमती २४ वर्षीया सरिता र चार वर्षीय छोरा समिर रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । तीनैजनाले आज बिहान जङ्गली च्याउ पकाएर खाएका थिए । बिरामी परेका उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७६, आइतबार  ९ : ५५ बजे

पर्सा राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ७१, ‘सिए टिएस’ प्रमाणीकरण सुरु

जनकपुरधाम– पर्सा राष्ट्रिय निकुञ्जमा पाठेबाघको सङ्ख्या बढेसँगै संरक्षण व्यवस्थापनलाई अन्तर्राष्ट्रिय

सत्ता र शंकाले ध्वस्त नेपाली कम्युनिस्ट आन्दोलन

नेपालको कम्युनिस्ट आन्दोलन सात दशकभन्दा लामो राजनीतिक यात्राबाट गुज्रिएको छ

के हो मिप्वाः लाखे ?

श्रावण कृष्ण त्रयोदशी अर्थात् ‘गथामुँगः चह्रे’ नेवार समुदायका लागि केवल

सेवाग्राहीसँग  शिष्ट व्यवहार गर्न स्वास्थ्यकर्मीलाई प्रशिक्षण

चितवन– चितवनको सरकारी अस्पताल भरतपुर अस्पताललाई हरियालीसँगै थप सेवाग्राही मैत्री

राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न, विद्युत उत्पादन परीक्षण जारी

म्याग्दी– म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ