आज २०७६ भदौ ४ गते बुधबारको राशिफल « Khabarhub

आज २०७६ भदौ ४ गते बुधबारको राशिफल


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७६ भदाै ४ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ भन्ने भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ-

मेष

विदेश यात्राको योग । आजको दिन तपाई मौन रहनु लाभदायक । रिसलाई बसमा राख्नु बुद्धिमतापूर्ण हुनेछ । रोजगारको अवसर मिल्न सक्छ । सवारी यात्रामा जोखिम ।

बृष

कार्यमा प्रगति । धन सञ्चितको योग छ । कार्यमा प्रगती, मनमा हर्ष । शैक्षिक लगानीबाट फाइदा होला । व्यवसायमा सुधार । यात्रामा सावधानी अपनाउनुहोला ।

मिथुन

घरायासी समस्या बढ्ने छ । अध्ययनमा रुची घट्ने छ । मानसिक चिन्ताले सताउला । मित्रको सहयोग मिल्ने योग । आर्थिक संकट। भ्रमण फलदायी रहने छ ।

कर्कट

व्यावसायिक योजना बन्नेछ । आत्मविश्वास बढ्ने छ । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । यात्रामा लाभ मिल्ने योग ।

सिंह

मित्रको सहयोग हुने सम्भावना भएपनि मनमाथि नियन्त्रण राख्नुहोला । स्वास्थ्यमा र व्यापारमा सुधार । यात्राको अवसर मिल्ने । आर्थिक लाभ मिल्ने छ ।

कन्या

घरायासी काममा व्यस्तता बढ्ने छ । शत्रु परास्त हुने । सन्तानबाट सहययोग प्राप्त हुनेछ । धार्मिक कार्यमा रूची बढ्ने । महत्वपूर्ण व्यक्तिसँग भेट ।

तुला

पारिवारिक सम्बन्ध सुमधुर सम्भावना । शुभ कार्यमा मन जाने । विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना । कार्यमा सफलता । मित्रजनबाट सुख प्राप्ति ।

बृश्चिक

शुभ कार्यको योग छ । पारिवारिक मेलमिलाप बढ्नेछ । मन प्रशन्न रहने । राम्रो सहयात्रीको मिलन हुने सम्भावना प्रवल छ । झुठा आरोप लाग्न सक्ला । धार्मिक कार्यमा उत्साह ।

धनु

धार्मिक कार्यमा उत्साह । वैदेशि यात्राको अवसर । शारीरिक स्फूर्ति बढी । पद वृद्धिको योग । जोखिमपूर्ण चुनौतीको सामना गर्दा तपाईलाई आज शुभ हुने योग छ ।

मकर

मित्रजनको सहयोगले धन आर्जन । स्वास्थ्यमा समस्या आउँन सक्छ । वमनमा चञ्चलता,महत्वपूर्ण कार्यमा उल्झन । अध्ययनमा प्रगती । पारिवारिक भेटघाटको अवसर ।द

कुम्भ

धन वृद्धि होला । पारिवारिक समस्या । व्यापारमा आर्थिक सुधार । कीर्ति बढ्ने । शान्त रहनु बुद्धिमानी हुनेछ । मौनता अपनाउनु राम्रो । स्वास्थ्यमा गडबडी हुनसक्छ ।

मीन

अनुसन्धानमूलक काममा चासो बढ्ला । झुटो आरोप । स्थान परिवर्तन हुनाले मनमा खिन्नता रहला । केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ । मिष्ठान्न भोजनको योग ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : २५ बजे

बाघको आक्रमणबाट वन हेरालु घाइते

महेन्द्रनगर– कञ्चनपुरको कृष्णपुर नगरपालिकामा पाटेबाघको आक्रमणबाट वन हेरालु घाइते भएका

विद्याको सदस्यताबारे एमाले भोजपुरका अध्यक्ष भन्छन् : यो जित र हारको विषय होइन

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्ने नेकपा एमालेको

महिला आयोगको कार्यालय अब नारायणहिटीमा सर्ने

काठमाडौं– राष्ट्रिय महिला आयोगले नारायणहिटी दरबारस्थित साविक राहदानी विभागको भवनबाट

प्रतिनिधि सभाको अर्को बैठक भोली ११ बजे, अर्थमन्त्रीले जवाफ दिने

काठमाडौं–  प्रतिनिधिसभाको भोलि (मंगलबार) को बैठकमा पनि आगामी आर्थिक वर्षको

अन्तर्राष्ट्रिय आपतकाल घोषित इबोलाको जोखिम नेपालमा कति ?

काठमाडौं- अफ्रिकी मुलुक प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा फैलिएको इबोला भाइरसको नयाँ