जुम्लामा स्याउ महोत्सव गरिँदै « Khabarhub

जुम्लामा स्याउ महोत्सव गरिँदै


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला- जुम्लावासी यतिबेला स्याउको बजारीकरणमा व्यस्त हुने बेला भएको छ । पछिल्लो समय पूरै जुम्ला स्याउमय बन्न पुगेको छ । यहाँको प्रमुख आन्तरिक स्रोतका रुपमा रहेको स्याउ निर्यातको सबैलाई चटारो छ । पछिल्लो समय स्याउ जुम्लाको चिनारीसमेत बनेको छ । गत वर्ष जिल्लामा १५ हजार बगैँचामा करीब साढे ४४ हजार बोट रोपिएको तथ्याङ्क कृषि ज्ञान केन्द्रले देखाएको छ ।

अघिल्लो वर्ष तीन हजार १५० मेट्रिकटन स्याउ फलेको थियो । यस वर्ष त्यसको दोब्बर छ मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ । यस्तै यही सम्भावनालाई उजागर गर्न दोस्रोपटक यही भदौ १४ गते ‘जुम्ला स्याउ महोत्सव २०७६’ हुने भएको छ । यहाँ उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउन स्याउ सम्मेलन गर्न लागिएको हो ।

भदौ १४ गते जुम्ला स्याउ महोत्सवको उद्घाटन कर्णाली प्रदेशका कृषिमन्त्री विमला केसीले गर्ने कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले जानकारी दिए । आयोजक कान्जिरोवा टाइम्सले स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पुर्‍याउने, एप्पल टुरिज्मको आधार तय गर्ने र स्याउका परिकारको उत्पादनसम्बन्धी प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जनाएको छ ।

आयोजक कान्जिरोवाका निर्देशक कार्कीले उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खानकै लागि जुम्ला पुग्न सघाउ होस् भनेर स्याउ महोत्सव गर्न लागिएको बताए । उनका अनुसार जुम्ला स्याउबाट आत्मनिर्भर बन्दै गएको छ । जुम्लालाई ‘एप्पल टुरिज्म’का रुपमा चिनाउन महोत्सव आयोजना गर्न लागिएको उनले बताए । देश तथा विदेशमा स्याउप्रतिको आकर्षण बढाउन महोत्सव आयोजना गर्न लागिएको हो ।

एक दिनको महोत्सवमा स्याउका विभिन्न परिकारका स्टल राखिने समेत कार्कीले जानकारी दिए । सदरमुकाम खलङ्गामा चल्ने महोत्सवको मुख्य आकर्षण भनेको जुम्लामा फल्ने विभिन्न एक दर्जन बढी प्रजातिका स्याउबाट बन्ने विभिन्न किसिमका परिकार रहने छन् । यसमध्ये करीब दुईतिहाई रेड र गोल्डेन डेलिसियस जातका स्याउका परिकार विषेश आकर्षणका रुपमा रहने आयोजकले जनाएको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ५३ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न