ब्रुमरले जति बढारे पनि धुलो ज्यूँ का त्यूँ ! « Khabarhub

ब्रुमरले जति बढारे पनि धुलो ज्यूँ का त्यूँ !


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँ महानगरपालिकालाई फोहोर मुक्त, स्वच्छ र हरियाली बनाउन ब्रुमर सञ्चालनमा ल्याइएको पाँच महिना बित्यो । पाँच महिनामा ब्रुमरले बाटो बढारेको देखिए पनि धुलो घटेको देखिएन ।

ब्रुमर सञ्चालन प्रभावकारी हुनेछ,’ काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले झन्डै पाँच महिनाअघि गत चैत्र १२ गते राष्ट्रिय सभागृहमा ब्रुमर उद्घाटन कार्यक्रममा सो कुरा भनेका थिए ।

उनले त्यसरी भाषण गरेको झन्डै पाँच महिना यता महानगरमा असंख्य पटक ब्रुमर गुडे । तर सहरको धुलोको समस्या ज्यूँ का त्यूँ रह्यो । सडक पिच नगरिएका तथा भएका खाल्डाखुल्डी नपुरिएकै कारणले ब्रुमरको काम प्रभावकारी हुन नसकेको जनाइन्छ ।

सो कार्यक्रममा मेयर शाक्यले सडक विभाग, मेलम्ची खानेपानी आयोजना, केयुकेएल र महानगरपालिका वातावरण विभागको समन्वयमा काठमाडौँका सडकका खाल्डाहरु पिच गर्ने, ढल व्यवस्थापनलगायत कामको बाँडफाँट गरी कार्यान्वयन गर्ने समेत बताएका थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : १३ बजे

जापानिज इन्सेफलाइटिसको जोखिम बढ्दो, सतर्क रहन अनुरोध

काठमाडौं– लामखुट्टेको टोकाइबाट सर्ने जापनिज इन्सेफलाइटिस(जेइ) रोगको सङ्क्रमण तथा मृत्यु

चुनदेवीबाट गगनविरुद्ध सक्रियता बढाउँदै देउवा (तस्बिरहरू)

काठमाडौं- गगन थापा नेतृत्वको नेपाली कांग्रेसले पन्ध्रौँ महाधिवेशन तयारी अघि

जेन-जी आन्दोलनमा लुटिएको ‘सट गन’ सहित एक युवक पक्राउ

भद्रपुर– गत वर्षको जेन-जी आन्दोलनका क्रममा प्रहरीबाट लुटिएको एक थान

टेस्लाले सेप्टेम्बर ३ मा ‘साइबरक्याब’ रोबोट्याक्सी सार्वजनिक गर्ने

वाशिङ्टन- अमेरिकी विद्युतीय सवारी निर्माता टेस्लाले सेप्टेम्बर ३ मा टेक्सासको

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र