आज माल्दिभ्ससँग हारे नेपाल एभिसीको इतिहासकै कमजोर! « Khabarhub

आज माल्दिभ्ससँग हारे नेपाल एभिसीको इतिहासकै कमजोर!


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंमा जारी एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाल आज (बुधबार) माल्दिभ्ससँग खेल्दैछ । घरेलु कोर्टमा भइरहेको प्रतियोगिताको पहिलो खेलमा किर्गिस्तानसँग पराजित भएको नेपाललाई सेमिफाइनलमा पुग्न माल्दिभ्सविरुद्धको खेल जित्नै पर्ने दबाब छ ।

नेपाल जस्तै माल्दिभ्स पनि सेमिफाइनलमा पुग्ने लक्ष्यसहित मैदान उत्रिँदैछ । माल्दिभ्स पनि किर्गिस्तानसँग पराजित भएसँगै प्रतियोगिता जित्नै पर्ने दबाबमा छ ।
प्रतियोगितामा नेपाललाई ३–० को सोझो सेटमा नेपाललाई पराजित गरेको किर्गिस्तानले मंगलबार माल्दिभ्सलाई पराजित गर्दै सेमिफाइनल पुगिसकेको छ । प्रतियोगितामा सेमिफाइनल पुग्ने किर्गिस्तान पहिलो टोली हो ।

कुनै समय माल्दिभ्स नेपालभन्दा बलियो टोलीका रुपमा सेन्ट्रल जोनमा रहेको थियो । तर, पछिल्ला दुई संस्करणमा भने माल्दिभ्सले नेपालविरुद्ध नजिता हात पार्न नसक्दा तुलनात्मक रुपमा कमजोर टोलीका रुपमा हेरिएको छ ।

पहिलो खेलमा सोझो सेटमा गुमाएको नेपालले माल्दिभ्सविरुद्ध जीतको विकल्प हुनेछैन् । साथै घरेलु कोर्टमा घरेलु दर्शकको साथले पनि नेपालमाथि दबाब बनाइ राख्नेछ ।

राष्ट्रिय महिला भलिबल टोलीका प्रशिक्षक जगदि भट्ट पनि माल्दिभ्सविरुद्ध नेपालसामू जीतको विकल्प नभएको स्पष्ट पार्छन । साथै, उनी नेपाली टोलीमाथि आत्मविश्वासी पनि देखिन्छन् ।

‘आजको खेलमा जुनसुकै अवस्थामा पनि जित्नै पर्छ । प्रतियोगितामा पछिल्लो समय नेपाल माल्दिभ्सविरुद्ध हावी हुँदै आएका कारण पनि आजको खेल हामी जित्छौं,’ प्रशिक्षक भट्टले भने,‘ किर्गिस्तानसँगको खेल पनि जित्नु पर्ने थियो । खेलाडीहरुले राम्रो खेलेका हुन् । तर, सेट गुमाउँदा हार व्येर्होनु पर्यो ।’

तर, खेल सधै हामीले सोचे अनुरुप अगाडि नबढ्न सक्छ । यदी त्यसो भयो र कुनै पनि अवस्थामा नेपालले माल्दिभ्सविरुद्धको खेल गुमाउनु परेपनि नेपालले एक नयाँ इतिहास रच्नेछ । त्यो हो, एभिसी भलिबल च्याम्पियनसिपमा प्रतियोगितामा एक पनि जित्न नसक्नु । यसअघिका चारवटै संस्करणमा सेमिफाइनलसम्म पुगेको नेपाल पाँचौ संस्करणमा घरेलु मैदान र दर्शकका साथ प्रतियोगितामै एक खेल पनि जीत्न नसकेर प्रतियोगिताबाट बाहिरिनेछ । र त्यो अहिलेसम्मकै कमजोर प्रदर्शनका रुपमा कहलिनेछ ।

नेपाल माल्दिभ्समा सम्पन्न पहिलो संस्करणको एभिसी सेन्ट्रल जोनमा कास्य जित्न सफल भएको थियो । त्यो नै अन्तर्राष्ट्रिय स्तरमा नेपाली भलिबलमा अहिलेसम्मको सबैभन्दा ठूलो उपलब्धी थियो ।

पहिलो पटक नेपालमा आयोजना भएको एभिसी भलिबल च्याम्पियनसिपका लागि घरेलु टोलीले २ महिना बन्द प्रशिक्षण गर्यो । जसमा लागि डच प्रशिक्षक हान एबिङले नेपाली टोलीलाइै प्रशिक्षण दिलाए ।

प्रतियोगिता अगाडि नेपाली टोलीका प्रशिक्षकको दावी थियो । प्रतियोगितामा मेडल जित्ने तर, समूहमा बलियो टोली किर्गिस्तान परेपछि नेपाललाई अफ्ठ्यारा्े भएको थियो भने बुधबारसम्म आइपुग्दा सेमिफाइनलको हिसाबकिताब गर्नु पर्ने अवस्था छ ।

नेपाल र माल्दिभ्सविरुद्धको खेल त्रिभुवन आर्मी क्लबको लगनखेलस्थित कर्भडहलमा बेलुकी ५ बजे शुरु हुनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : २३ बजे

वन र पर्यावरण संरक्षणलाई प्राथमिकता दिनुपर्छ : मन्त्री चौधरी

जनकपुरधाम– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन, वातावरण, कृषि,

जर्मनीमा आयोजित ‘प्राइड’ उत्सवमा गराइएको भ्यान दुर्घटनामा एक जनाको मृत्यु, संदिग्धको खोजी जारी

काठमाडौं- जर्मनीको राजधानी बर्लिनमा आयोजित समिलङ्गी तेस्रोलिङ्गीको ‘प्राइड’ उत्सवलाई लक्षित

मोबाइल नदिएको निहुँमा साथीको हत्या

गण्डकी– मोबाइल नदिएको निहुँमा बागलुङको बडिगाड गाउँपालिका–१ का १७ वर्षीय

अभिजीत दिपकेलाई टाइफाइड, कति खतरनाक हुन सक्छ यो रोग?

नयाँदिल्ली- करिब एक महिना लामो आन्दोलनमा खटिएकाभ ककरोज जनता पार्टीका

नारायणी अस्पताल घटनाबारे छानबिन गर्न समिति गठन

वीरगञ्ज– नारायणी अस्पतालमा शनिबार भएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति