चीनसँगको सहकार्य भारतविरोधी होइन– परराष्ट्रमन्त्री ज्ञवाली « Khabarhub

चीनसँगको सहकार्य भारतविरोधी होइन– परराष्ट्रमन्त्री ज्ञवाली


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल भारतको संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन आज नेपाल आउँदैछन् । जहाँ उनले नेपाका समकक्षी प्रदीप ज्ञवालीसँग कुराकानी गर्नेछन् ।

जयशंकरको नेपाल भ्रमण अघि बीबीसी हिन्दी रेडियोले नेपालका परराष्ट्र मन्त्री प्रदीप कुमार ज्ञवालीसँग कुराकानी गरेको छ । त्यसक्रममा मन्त्री ज्ञवालीले नाकाबन्दीलाई इतिहासको एउटा यथार्थ भन्दै अब अगाडिको बाटो हेर्नुपर्ने बताए।

‘नेपाल र भारतबीचको सम्बन्ध निकै बहुआयामिक र अन्योन्याश्रित रहेकाले मिलेर अगाडि बढ्नुको विकल्प छैन। विगतबाट दुवै देशले पाठ सिकेका छौँ तर त्यसको छायाँ वर्तमानमा पर्न दिने छैनौँ’ उनले भने ।

त्यस क्रममा नेपाल भारतको सम्बन्धलाई चलायमान बलाउने संयन्त्रमध्येको मन्त्रीस्तरीय सहअध्यक्षता हुने संयुक्त आयोगको बैठक अगाडि बढाइएको छ ।

चीनसँग नजिकिँदा भारतसँगको सम्बन्धमा पर्नसक्ने असरका बारे बीबीसीले सोधेको प्रश्नमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘भारतसँग हाम्रो विशेष सम्बन्ध छ तर चीन समेत हाम्रो छिमेकी हो। चीनसँगको सहकार्य भारतविरोधी होइन।’

ज्ञवालीले अहिलेको बैठक खासगरी दुई देशका प्रधानमन्त्रीबीच दिल्लीमा भएका समझदारीलाई अगाडि बढाउने आर्थिक मुद्दामा केन्द्रित हुने बताएको बीबीसीले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : ०२ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ