प्रहरी हिरासतबाट भागेका जबर्जस्ती करणी मुद्दाका अभियुक्त भारतबाट पक्राउ « Khabarhub

प्रहरी हिरासतबाट भागेका जबर्जस्ती करणी मुद्दाका अभियुक्त भारतबाट पक्राउ


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– एक युवतीमाथि बलात्कार गरेको आरोपमा पक्राउ परेर प्रहरी हिरासतबाट फरार भएका युवक भारतबाट पुनः पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा धनुषाको अर्नामा गाउँपालिका–९ घर भइ जनकपुरधाम उपमहानगरपालिका–२० मा डेरा गरी बस्ने २० वर्षीय राममणि यादव छन् ।

एक युवतीमाथि जबरजस्ती करणी गरेको अभियोगमा गत साउन २७ गते पक्राउ परेका यादवमाथि अनुसन्धान गर्न अदालतले ५ दिन म्याद दिएको थियो । अनुसन्धानकै क्रममा जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतबाट मुद्दा शाखामा ल्याइएका राममणि साउन ३० गते फरार भएका थिए ।

प्रहरीले उनको खोजी गर्ने क्रममा भारतीय सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीका अनुसार राममणिलाई भारतीय राज्य बिहारको मधुवन जिल्लासँग सीमा जोडिएको सिराहको माडर भन्ने स्थानबाट नियन्त्रणमा लिइएको हो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ११ : ३१ बजे

‘राष्ट्रिय सेवा दल विधेयकमाथि समितिको संशोधन सरकारद्वारा स्वीकार’

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले राष्ट्रिय सेवा

अन्तरराष्ट्रिय कल बाइपासका उपकरणसहित भारतीय नागरिक पक्राउ

काठमाडौं– अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका विभिन्न उपकरणसहित भारतीय नागरिक

एन्फा निलम्बनका कारण साफमा नेपालको सहभागिता अन्योल

काठमाडौं– फिफा निलम्बनका कारण नेपाली फुटबल क्षेत्र समस्याग्रस्त बनेको भन्दै

भारतमा १० जना माओवादीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतको एक विशेष अदालतले सन् २०१३ मा कङ्ग्रेस पार्टीका

देशले प्राकृतिक विपद्बाट ठूलो क्षति व्यहोर्नुपर्यो : बिजुक्छे

भक्तपुर– नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले देशले विभिन्न