बालयौन दुराचार प्रकरणमा धर्मगुरु कार्डिनल पेल पुनः दोषी ठहर « Khabarhub

बालयौन दुराचार प्रकरणमा धर्मगुरु कार्डिनल पेल पुनः दोषी ठहर


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– अस्ट्रेलियाको पुनरावेदन अदालतले क्याथोलिक धर्मगुरु कार्डिनल जर्ज पेलमाथिको बालयौन दुराचारको सजायलाई सदर गरेको छ ।

कार्डिनल पेलले दुई दशकअघि अस्ट्रेलियाको मेलबर्न शहरस्थित सेन्ट प्याट्रिक गिर्जाघरमा रहँदा दुई बालकमाथि यौन शोषण गरेकोमा दोषी ठहर भएका थिए ।

गत डिसेम्बरमा पेललाई तल्लो अदालतले बालयौन दुराचारमा दोषी ठहर गरेकोमा यसपटक पनि माथिल्लो अदालतले तल्लो अदालतको निर्णय सदर गरेको हो । गत मार्चमा ७८ वर्षीय कार्डिनल जर्जलाई छ वर्षको कारावासको सजाय सुनाइएको थियो ।

क्याथोलिक इसाईका सबैभन्दा उच्च धर्मगुरु पोप फ्रान्सिसका अर्थमन्त्री समेत रहिसकेका उनका अधिवक्ताले अब अदालतको आदेशका बारेमा थप अध्ययन गरी उच्च अदालतमा पुनरावेदन गर्ने बताएका छन् ।

अर्कोतर्फ क्याथोलिक धर्मको सर्वोच्च निकाय भ्याटिकनले पनि कार्डिनल जर्जको बालयौन शोषणका बारेमा अलग्गै अनुसन्धान गरिरहेको छ । कार्डिनल जर्जले भने आफू निर्दोष रहेको बताउँदै आएका छन् ।

अस्ट्रेलियाली क्याथोलिक बिसप सम्मेलनले पनि कानुनका दृष्टिबाट सबै अस्ट्रेलियाली नागरिक समान रहेको बताउँदै अदालतको आदेशलाई स्वीकार गर्ने जनाएको छ ।

उनी अब पोप फ्रान्सिसको कार्डिनल परिषद् वा भ्याटिकनमा कुनै किसिमको धार्मिक गतिविधिमा संलग्न रहन पाउने छैनन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ४ : ०७ बजे

पाकिस्तानको बलुचिस्तानमा सैन्य कारबाही, १६ आतंकवादी मारिए

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा पछिल्लो ४८ घण्टामा भएका छुट्टाछुट्टै

स्वास्थ्य सेवालाई नागरिकको पहुँचमा पुर्‍याउने मुख्यमन्त्री थापाको प्रतिबद्धता

ललितपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले स्वास्थ्य सेवामा नागरिकको सहज

झरीमा पनि बागलुङ कालिकाको दर्शनमा भक्तजन (तस्बिरहरू)

बागलुङ- निरन्तर वर्षा भइरहे पनि बागलुङको प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका

तेह्र देशका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी र सूचना आह्वान

काठमाडौं– नेपाल सरकारले १३ देशका लागि राजदूत पदमा नियुक्तिका लागि

पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासेमा सबैभन्दा बढी वर्षा

काठमाडौं– पछिल्लो २४ घण्टामा कास्कीको पञ्चासे क्षेत्रमा सबैभन्दा बढी १८९