सडक किनारामा ढकमक्क फूल फुलाउने तयारीमा प्रदेश सरकार, चाडपर्वको माग धान्ने | Khabarhub Khabarhub

सडक किनारामा ढकमक्क फूल फुलाउने तयारीमा प्रदेश सरकार, चाडपर्वको माग धान्ने



सहरलाई सुन्दर बनाउनका लागि सडकको दायाँवायाँ फूल र बोटविरुवा रोप्ने विषयमा बेलाबेलामा चर्चामा आउने गरेको छ । योजना पनि बन्ने गरेका छन् तर कार्यान्वयनमा आउने गरेको छैन ।

यसैबीच प्रदेश नम्बर पाँचका स्थानीयले भने सडककिनारामा पुष्पखेती शुरु गरेका छन् । विशेषगरी बुटवल, गुल्मी, पाल्पा, अर्घाखाची, रुपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ र नेपालगञ्ज लगायत १२ जिल्लामा सडकमै पुष्प खेती थालिएको छ ।

यसलाई देशकै नमुना कार्यक्रमका रुपमा पनि लिन सकिन्छ । भारतबाट ठूलो मात्रामा वर्षेनि फूल आयत भइरहँदा सडक किनारामा फूल उत्पादन गरेर केही हदसम्म त्यसलाई रोक्ने प्रदेश ५ ले लक्ष्य राखेको छ ।

यति बेला त्यहाँका स्थानीयहरु निकै हर्षित छन् । उनीहरु हातमा कुटो, कोदालो र फूलको विरुवा लिएर सडकमा निस्किएका छन् । सबैको एउटै उद्धेश्य रहेको छ ‘दशैतिहार जस्ता चाडपर्वमा सडकभरी फूल फूलाउने’ ।

त्यसो त भ्रमण वर्ष २०२० पनि नजिकिँदै छ । गौतमबुद्धको जन्मभूमि लुम्विनी पनि यसै प्रदेशमा पर्छ । पर्यटकको आगमनमा टेवा पु¥याउने हिसाबले पनि उनीहरु सडकलाई फूलमय बनाउन लागि परेका छन् ।

प्रदेश नम्बर ५ लाई फूलै—फूलको प्रदेशका रुपमा चिनाउने स्थानीयको उद्धेश्य रहेको छ । सो प्रदेशमा तराई र पहाड दुवै भूभाग भएकाले बाह्रै महिना फूल फुलाउन सकिने पुष्प व्यवसायी संघका प्रदेश संयोजक तथा लुम्विनी नर्सरी सञ्चालक रमेश पाण्डेले खबहबलाइ जानकारी दिए ।
‘गर्मीमा पहाडी भेगमा र जाडोमा तराई भेगमा फूल फुलाउन सकिन्छ’ उनले भने ‘बाह्रै महिना फूल फुलाउन सक्यौ भने देशको माग पूरा गर्न सक्छौं, निकट भविष्यमा विदेशमा समेत निर्यात गर्न सफल बन्छौं’ ।

उनका अनुसार सडकको दाँयाबायाँ स्थानीयले फूल रोपेका छन् भने बीचको भागमा स्थानीय सरकारसँग समवन्य गरेर विभिन्न संघसंस्थाहरुले पनि रोपेका छन् । हालसम्म करिब २ किलोमिटर सडकमा फूल रोप्ने कार्य भइसकेको उनले बताए ।

विषेशगरी अहिले सयपत्री, मखमली, गोदावरी लगायत १० प्रजातीका फुल रोपिएको उनले जानकारी दिए ।

सडकमा फूल, हेरचाह कसले गर्ने ?

फुल फुलाउन चाहना हुनेले बारीमा तथा घरका कौशीमा गमलामा राखेरै पनि फुलाएका छन् । धेरैले यसलाई व्यवसायिक रुपमा पनि थालेका छन् । तर, सडकमै फूल रोपेर फुलाउने अभियान भने पहिलो पटक सञ्चालनमा आउन लागेको हो ।

स्थानीयको सक्रिय सहभागितमा यसरी सडकमै रोपेको फूलको हेरचाह कसले गर्छ र सडक किनामा उत्पादन भएको फूलबाट अपेक्षा कति को छ ? भन्ने प्रश्न पाण्डेले भने, ‘फुलको हेरचाहको लागि मालीहरु रहेका छन्, नगरपालिकाद्वारा ट्याङकरबाट पानी पानी राख्ने तयारी गरेको छ साथै स्थानीयले ठाउँठाउँमा पाइप जडान समेत गरेका छन्’ ।

साथै अघिल्लो वर्षमा माटोको परीक्षणका लागि विभिन्न स्थानमा केही फुल लगाइएको र ती फुलहरु फुलेसँगै उत्साह थपिएको उनले बताए । परीक्षण सफल भएकाले यो वर्ष सडक किनारा सबैति फूल रोप्ने तयारी गरिएको उनले बताए ।

विरुवालाइ आवश्यक पर्ने सम्पूर्ण चिज हाल्न सकेमा सडकमै फूल फुलाउन सकिने उदाहरण उनले गत वर्षबाटै प्राप्त गरिसकेका छन् । ‘मेहनत गरेन भने खेतवारीमै पनि फूल फुलाउन सक्दैनौँ’ उनी भन्छन् ‘प्राविधिक हिसावले जोश र जाँगरका साथ गर्न सकेमा सडकमा फूलाउन सकिन्छ’ ।

अभियान स्वरुप थालेको पुष्पखेती साउन २५ गतेबाट बुटवलबाट सुरु भएको बताउँदै उनले भने ‘हामी व्यवसायीले पनि ५०÷५० हजार विरुवा र दुई सय क्विन्टल मल सहयोग गरिरहेका छौं’ ।

मल अर्गानिक तरिकाले बनाइएको र यो मलको प्रयोगले विरुवा मौलाउँदै जानेमा उनी विश्वस्त छन् । यो मल हालेको विरुवा किरा लाग्दैन जसले विरुवालाइ परिपक्व बनाएर फुलाउँछ उनले भने । यससँगै ५० हजार फूल माला सडकबाटैउत्पादन गर्ने उनीहरुले लक्ष्य राखेका छन् ।

कसरी जागे स्थानीय ?

कृषि मन्त्रालयको सहयोग र व्यवसायीहरुको सहभागितामा गत जेठ २४ गतेबाट ३० गतेसम्म ७ दिने पुष्प तालिम सञ्चालन गराएको थियो । तालिम निकै प्रभावकारी बनेको बताउँदै उनी भन्छन्, ‘तालिमले सबैलाइ उत्साहित बनादियो त्यही अनुरुप प्रदेशभरि फूल खेती भइरहेको छ’ ।

२ हजारभन्दा बढीको सहभागिता रहेको बताउँदै उनले भने ‘फूल रोप्ने कार्यक्रममा स्थानीय जनमास, पुष्प विज्ञ, जनप्रतिनिधि र विभिन्न संसंस्थामा आवद्ध व्यक्तिहरुको सहभागिता थियो, साथै अहिलेसम्म २० हजारभन्दा बढि विरुवा रोपिसकेका छौं’ । प्रदेशभरिमा ६ लाख फूलका विरुवा रोप्ने तयारी रहेको समेत उनले बताए ।

फूल लगाउनु पहिले माटोको तयारी, मलखाद प्रयोग गर्ने तरिका, विरुवा लगाउने तरिका, रेखदेख, औषधीउपचार, मार्केटका बारेमा दुइ महिनासम्म तालिम समेत दिएको थियो ।

भ्रमण वर्ष २०२० लाई पनि मध्यनजर गर्दै सडक सुन्दरीकरणको सुरुवात गरिएको वुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले खबरहबलाइ जानकारी दिए ।

‘चाडपर्वका समयमा भारतबाट प्रशस्त मात्रामा फूलको आयत गरिन्छ’ उनले भने ‘त्यसलाइ न्यूनीकरण गर्न र मानिसहरुलाई पुष्पखेतीतर्फ आकर्षित बनाउन सडक पुष्पखेती सुरु गरेका हौँ’ ।

सडकको दायाँबायाँ हरियाली बनाउनका लागि स्थानीय टोलवासीको लगानी र सहभागितामा उपमहानगरले पनि लागानी गरी सुन्दरता कायम गरिरहेका थियौं ।

यसलाइ अझ व्यवस्थित गर्नका लागि र तिहारको समयमा फूलको खपत कम गर्नका लागि सयपत्री, मखमली लगायत फूल रोप्ने अभियान राखेको उनले बताए ।

यसबाट हाम्रो लुम्विनीसँग जोड्यौँ भने हाम्रो पर्यटकीय जिल्ला् वुद्धस्थली, मानव सभ्यताको १ करोड १० लाख पुरानो इतिहास बोकेको ठाउँ, प्राचीन ऐतिहासिक महत्वका क्षेत्रहरुमा आउनेहरुका लागि पनि ढकमक फूलले स्वागत गर्ने उनको भनाइ छ ।

सुरुवातमा उपमहानगरले टोल छुट्याइ ३० लाख बजेट समेत छुट्याएको थियो । उनले भने ‘यसले पुष्पखेतीमा आउन प्रेरित मात्र ग¥यो, अहिले सबैले आफ्नै लगानीमा पनि सडकमा फूल रोपिरहेका छन्’ ।

अन्य प्रदेशभन्दा ५ नम्बर प्रदेश पर्यटकीय क्षेत्रमा धनी प्रदेशका रुपमा लिइन्छ । यस प्रदेशमा पर्ने लुम्विनी, तिलौराकोट, जितगढी किल्ला, पाल्पा दरवार, रानी महल,रेसुङ्गा डाँडा, सुपा देउराली,स्वर्गद्धारी, त्रिवेणी लगायतका दर्जनौ पर्यटकीय स्थल यस प्रदेशभित्र पर्दछन् ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ५ : ०६ बजे

बेगनास तालको पूर्वाधार विकासमा जोड दिनुपर्छ : मुख्यमन्त्री अधिकारी

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले बेगनास तालको पर्यटकीय उपयोगका

बालुवाटारको छलफलमा कांग्रेस सभापतिसहित नेताहरु पुगे 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड,

पत्रकार महासङ्घको निर्वाचन तोकिएकै मितिमा हुन्छ : अध्यक्ष पोखरेल

काठमाडौं– नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले महासङ्घको निर्वाचन तोकिएको

एपीएफले जित्यो ललितपुर मेयर्स महिला टी-२० को उपाधि

काठमाडौं– एपीएफ क्लबले अपराजित रहँदै ललितपुर मेयर्स महिला टी-२० को