बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी  « Khabarhub

बालुवाटारमा कांग्रेसले राखेका मागहरूमा बुँदागत छलफल जारी 


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कांग्रेसले अवरोध गरेको सदन खुलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रतिनिधि सभाका  सभामुख देवराज घिमिरे र गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल जारी छ । 

उनीहरूले कांग्रेसले राखेका विभिन्न प्रस्तावका बुँदाहरूमा छलफल गरिरहेको बालुवाटार स्रोतको भनाइ छ । आजको बैठक संसद्को अवरोध हटाउनका लागि निर्णयक बैठक हुनसक्ने बताइएको छ । 

यसका लागि कांग्रेसले विभिन्न बुँदाहरुमा प्रस्ताव गरेको छ । यता नेपाली कांग्रेस भने बालुवाटार बैठक पछिको निर्णय कुरिरहेको छ । 

प्रधानमन्त्रीले पनि भोलिसम्ममा संसद्को अवरोध हटाउन सहमति जुट्ने बताइरहेका छन् । 

आजको बैठक केही लामो हुनसक्ने बालुवाटार स्रोतको भनाइ छ । शनिबार बिहान सदनको गतिरोध हटाउन कांग्रेस नेताहरूसँग प्रधानमन्त्री प्रचण्डले छलफल गरेका थिए । 

प्रचण्ड समिति बनाउन सकारात्मक रहेको कांग्रेसको दाबी छ । तर रवि लामिछाने व्यक्तिकै नाममा संसदीय छानबिन समिति बनाउनुपर्नेमा कांग्रेसको मागमा  एमाले र रास्वपा तयार छैनन् ।

प्रधानमन्त्री, सभामुख र ओलीबीचको छलफलमा रवि पनि पुगे

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ५ : १९ बजे

हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित

हुम्ला– हुम्लाको उत्तरी सीमानाका हिल्सामा अविरल वर्षासँगैको भारी हिमपातका कारण

बाघको आक्रमणबाट एक जनाको मृत्यु

कैलाली– बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।  गौरीगङ्गा

जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात

जुम्ला– साल्ट ट्रेडिङ कर्पोरेसन शाखा कार्यालय जुम्लामा एक हजार ४९

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग