उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश | Khabarhub Khabarhub

उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्वेकिस्तानले एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

बुधबार लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा भएको खेलमा उज्वेकिस्तानले अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

उज्वेकिस्तानले अफगानिस्तानविरुद्ध २५–२३, २९–२७ र २९–२७ कै सेटमा हराएको थियो । जितसँगै समूह ‘बी’ को उज्वेकिस्तानले ३ खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोड्दै अन्तिम चारमा पुगेको हो ।

समूह ए मा शतप्रतिशत नतिजा निकाल्न सफल उज्वेकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यसअघि किर्गिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । किर्गिस्तान पनि समूह बि को विजेता बन्दै अन्तिम ४ मा पुगेको हो ।

दोस्रो खेलमा घरेलु टोलीले माल्दिभ्सको सामना गरिरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ०३ बजे

साउदी प्रो लिग : अल नासरको जितमा रोनाल्डोको ह्याट्रिक

काठमाडौं– साउदी प्रो लिग फुटबलमा अल नासरले अल वेहडालाई फराकिलो

दोदा नदीमा डुबेर दुई जनाको मृत्यु

कञ्चनपुर– कञ्चनपुरको दोदा नदीमा नुहाउने क्रममा डुबेर दुईजनाको मृत्यु भएको

गण्डकीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

कास्की– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज विश्वासको मत लिने

चार खेल अगावै ला लिगाको उपाधि रियल मड्रिडलाई

काठमाडौं– स्पेनिस ला लिगा फुटबलको उपाधि रियल म्याड्रिडले जितेको छ

पर्यटन प्रवर्द्धनका लागि तीन धार्मिकस्थललाई जोडिने

खोटाङ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले हलेसी–बराहक्षेत्र र पाथीभरालाई जोडेर