उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश « Khabarhub

उज्वेकिस्तान पनि सेमिफाइनल प्रवेश


४ भदौ २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उज्वेकिस्तानले एसियन भलिबल कन्फेडेरेसन ९एभिसी० सेन्ट्रल जोन भलिबल प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएको छ ।

बुधबार लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको कर्भडहलमा भएको खेलमा उज्वेकिस्तानले अफगानिस्तानलाई ३–० को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो ।

उज्वेकिस्तानले अफगानिस्तानविरुद्ध २५–२३, २९–२७ र २९–२७ कै सेटमा हराएको थियो । जितसँगै समूह ‘बी’ को उज्वेकिस्तानले ३ खेलबाट शतप्रतिशत जितसहित ६ अंक जोड्दै अन्तिम चारमा पुगेको हो ।

समूह ए मा शतप्रतिशत नतिजा निकाल्न सफल उज्वेकिस्तान समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो । यसअघि किर्गिस्तान प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ । किर्गिस्तान पनि समूह बि को विजेता बन्दै अन्तिम ४ मा पुगेको हो ।

दोस्रो खेलमा घरेलु टोलीले माल्दिभ्सको सामना गरिरहेको छ ।

प्रकाशित मिति : ४ भदौ २०७६, बुधबार  ६ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको