के श्रीकृष्णका १,१०८ पत्नी थिए ? « Khabarhub

के श्रीकृष्णका १,१०८ पत्नी थिए ?


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भगवान श्रीकृष्णको जन्मोत्सव अर्थात श्रीकृष्णा जन्मष्टमी नजिकिदै गएको छ । जन्मष्टमीका दिनमा सर्वत्र भगवान कृष्णको चर्चा र महिमागानका साथ पूजाआजा हुने गर्दछ । पौराणिक कथाअनुसार भगवान श्रीकृष्णका १ हजार १ सय ८ पत्नीहरु रहेको बताइन्छ । आखिर यस कुरामा कतिको सत्यता छ त ?

श्रीकृष्ण भगवानको रासलीलाका बारेमा भक्तहरु जानकार हुनुहुन्छ । जब गोकुलमा कृष्णले सबै गोपिनीका माझ एकसाथ अनेक रूप धारण गरी महारास रच्नु भएको थियो, त्यहि नै रासलीला हो ।

पुराणकाअनुसार श्रीकृष्णका १६ रानी थिए । तर महाभारतका अनुसार रुक्मिणी बाहेक श्रीकृष्णका १ हजार १ सय ८ पत्नी थिए । श्रीकृष्णले रुक्मिणीको हरण गरी उनैसँग विवाह गरेका थिए । विदर्भ राज्यका राजा भीष्मककी पुत्री रुक्मिणी भगवान कृष्णसँग प्रेम गर्दथिइन् ।

पुराणमा उल्लेख भएअनुसार भूमासुर नामक दानवले अमर हुनका निम्ति १६ हजार कन्याको बलि दिने निश्चय गरी तिनको अपहरण गरी कारावासमा राखेको थियो । श्रीकृष्णले ति १६ हजार कन्यालाई कारावासबाट मुक्त गरी स्वतन्त्र गरेका थिए । तर ति कन्याका परिवारले अपहरणमा परेकाले उनीहरुको चरित्रमा प्रश्न उठाउदैँ अपनाएनन् ।

तब श्रीकृष्ण भगवानले १६ हजार रुपमा प्रकट भई एक साथ सबैसँग विवाह गरेका थिए । ति १६ हजार विवाहबाहेक श्रीकृष्णको केही प्रेम विवाहहरु पनि भएका थिए ।

इन्द्रप्रस्तमा पान्डवसँग भेट गर्न जादाँ श्रीकृष्णले सूर्य पुत्री कालिन्दीसहित १ सय जनासँग विवाह गरेका थिए ।

समाजबाट बहिष्कृत हुने डरले ति कन्याले श्रीकृष्णलाई पति माने पनि कृष्णले भने पत्नीका रुपमा स्विकार नगरेको केहि कथामा उद्घृत छ ।

अधिकांश पौराणिक कथाअनुसार भगवान श्रीकृष्णका ८ पत्नीमात्र थिए । जसको नाम रुक्मिणी, जाम्बवन्ती, सत्यभामा, कालिन्दी, मित्रबिन्दा, सत्या, भद्रा र लक्ष्मणा थिए ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ०९ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले