पुनर्निर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब ४५ करोड बढीको चेक « Khabarhub

पुनर्निर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब ४५ करोड बढीको चेक


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा भारतले नेपाललाई २ अर्ब ४५ करोड, ८८ लाख, ५० हजार रुपैयाँ बराबरको चेक प्रदान गरेको छ ।

बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा शुरु भएको बैठकमा भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड बढी रकम हस्तान्तरण गरेको हो ।

नेपाल भारत संयुक्त आयोगको बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक हस्तन्तरण गरेका हुन् । यो रकम नुवाकोट र गोरखाका घरहरु पुनर्निर्माणमा खर्च हुनेछ ।

विहीबारसम्म चल्ने संयुक्त आयोगको बैठकमा राजनीतिक र सीमा सुरक्षा, सञ्चार सञ्जाल र आर्थिक समृद्धि, व्यापार र पारवहन, ऊर्जा र जलस्रोत लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ ।

आयोग गठन भएको ३२ वर्षपछि पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्त्वका साथ लिएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै बैठक शुरु भएको हो । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : १८ बजे

नेपाली आरोहीलाई अवसर दिन सांसद शेर्पाको माग

काठमाडौं– सांसद मिङ्मा ग्याबु शेर्पाले नेपाली आरोहीलाई नेपालमै बस्ने र

चेम्बर र एनआरएनएबीच लगानी र व्यापार प्रवर्द्धन गर्ने साझेदारी

काठमाडौं- नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली सङ्घ

‘चल गोविन्दे’बाट हिट सुरेशको नयाँ तीज गीत : मर्द रोको भित्रभित्र कसले बुझ्ने हो

काठमाडौं- दशकअगाडि पश्चिमे भाकाको ‘चल गोविन्दे’ गीतबाट लोकप्रिय भएका गायक

जेन-जी आन्दोलन हाइज्याक भएकै कारण जनताले बदलावको अनुभूति गरेनन् : प्रभु साह 

काठमाडौं– आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु

देश र जनताको हितमा हुन्छ भने पेटिकोट लगाएर बिर्तामोड बजारमा हिँड्न तयार छु : सुदन किराती

झापा- श्रम संस्कृति पार्टीका नेता सुदन किरातीले देशको हितमा हुन्छ