पुनर्निर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब ४५ करोड बढीको चेक « Khabarhub

पुनर्निर्माणका लागि भारतद्वारा नेपाललाई २ अर्ब ४५ करोड बढीको चेक


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा भारतले नेपाललाई २ अर्ब ४५ करोड, ८८ लाख, ५० हजार रुपैयाँ बराबरको चेक प्रदान गरेको छ ।

बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा शुरु भएको बैठकमा भारतले भूकम्पपछिको पुनर्निर्माणका लागि २ अर्ब ४५ करोड बढी रकम हस्तान्तरण गरेको हो ।

नेपाल भारत संयुक्त आयोगको बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीलाई २ अर्ब ४५ करोड ८८ लाख ५० हजार रुपैयाँको चेक हस्तन्तरण गरेका हुन् । यो रकम नुवाकोट र गोरखाका घरहरु पुनर्निर्माणमा खर्च हुनेछ ।

विहीबारसम्म चल्ने संयुक्त आयोगको बैठकमा राजनीतिक र सीमा सुरक्षा, सञ्चार सञ्जाल र आर्थिक समृद्धि, व्यापार र पारवहन, ऊर्जा र जलस्रोत लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ ।

आयोग गठन भएको ३२ वर्षपछि पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्त्वका साथ लिएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै बैठक शुरु भएको हो । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : १८ बजे

‘जलाइएका संरचना टुलुटुलु हेर्दै गाउँ जान सकिँदैन, फागुन २१ मा निर्वाचन हुँदैन’

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीबारे

महेशलाई सिंहदरबार पठाएका केपी साथमा शंकर लिएर पुगे शेरबहादुर भेट्न

काठमाडौं- सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीले आयोजना गरेको सर्वपक्षीय छलफल चलिरहँदा

अनौपचारिक क्षेत्रमा काम गर्ने महिलाले पाएनन् उचित पारिश्रमिक 

धादिङ– निर्माण, कृषि तथा अन्य अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले

सरकारले हामीलाई फुटबल नबनाओस्‌ : जेन–जी प्रतिनिधि

काठमाडौं– निर्वाचन कानुन र व्यवस्थापन सम्बन्धमा सिंहदरबारमा भएको छलफलका क्रममा

सर्वपक्षीय बैठकमा ओलीबारे कांग्रेसले भन्यो : नेतामाथि ‘स्थान हद’ लगाएर निर्वाचन हुन सक्दैन

काठमाडौं- आगामी फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचन तोकिएकै