हुलाकी राजमार्ग निर्माणका लागि भारतद्वारा १ अर्ब २९ करोड बढीको सहयोग « Khabarhub

हुलाकी राजमार्ग निर्माणका लागि भारतद्वारा १ अर्ब २९ करोड बढीको सहयोग


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा भारतले हुलाकी राजमार्ग निर्माणका लागि भारतीय रुपैयाँ ८० करोड बढीको चेक हस्तान्तरण गरेको छ ।

बुधबार काठमाडौंको होटल याक एण्ड यतीमा शुरु भएको बैठकमा भारतले हुलाकी राजमार्ग निर्माणका लागि  ८० करोड ७० लाख ७७ हजार ३ सय ७७ भारतीय रुपैयाँ (१ अर्ब २९ करोड १३ लाख २३ हजार ८०० नेपाली रुपैयाँ) बराबरको चेक हस्तान्तरण गरेको हो ।

बैठकका क्रममा भारतीय राजदूत मञ्जिव सिंह पुरीले सो रकम बराबरको चेक हस्तन्तरण गरेका हुन् ।

विहीबारसम्म चल्ने संयुक्त आयोगको बैठकमा राजनीतिक र सीमा सुरक्षा, सञ्चार सञ्जाल र आर्थिक समृद्धि, व्यापार र पारवहन, ऊर्जा र जलस्रोत लगायतका महत्वपूर्ण विषयमा छलफल हुनेछ ।

आयोग गठन भएको ३२ वर्षपछि पाँचौँ बैठकलाई स्वदेशी विदेशी कूटनीतिक क्षेत्रले विशेष महत्त्वका साथ लिएका छन् । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र भारतीय विदेशमन्त्री जयशङ्करले संयुक्त अध्यक्षता गर्दै बैठक शुरु भएको हो । यसअघि चौथो बैठक सन् २०१६ मा नयाँदिल्लीमा बसेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ६ : ५१ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले