ग्रिनल्याण्ड नबेच्ने भएपछि ट्रम्पले गरे डेनमार्क भ्रमण रद्द | Khabarhub Khabarhub

ग्रिनल्याण्ड नबेच्ने भएपछि ट्रम्पले गरे डेनमार्क भ्रमण रद्द


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– डेनमार्कले अमेरिकालाई विश्वकै सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड नबेच्ने भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्क भ्रमण रद्द गरेका छन् ।

राष्ट्रपति ट्रम्पले यसअघि डेनमार्कको स्वशासित क्षेत्रका रुपमा रहेको विश्वको सबैभन्दा ठूलो टापु ग्रिनल्याण्ड खरिद गरी अमेरिकामा गाभ्ने मनशाय देखाएका थिए । तर, ग्रिनल्याण्ड खरिद गर्ने ट्रम्पको मनशायलाई डेनमार्क तथा ग्रिनल्याण्डका अधिकारीले ठाडै अस्वीकार गरेका थिए ।

डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिकसनले भने राष्ट्रपति ट्रम्पको मनशायलाई हास्यास्पद भन्दै ट्रम्प गम्भीर बन्न नसकेको टिप्पणी गरेकी थिइन् । ट्रम्पको यस्तो मनशायको ग्रिनल्याण्ड तथा डेनमार्कका राजनीतिक नेताहरुले पनि आलोचना गरेका थिए ।

यसैकारण ट्रम्पले डेनमार्ककी महारानी मर्गरेट द्वितीयका निमन्त्रणामा आगामी सेप्टेम्बर २ मा गर्न लागेको भ्रमण रद्द गरेका हुन् । ह्वाइट हाउसले पनि ट्रम्पले डेनमार्क भ्रमण रद्द गरेको पुष्टि गरेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ७ : १० बजे

१५ हजार रुपैयाँ घुससहित वडा अध्यक्ष पक्राउ

काठमाडौं । कपिलवस्तुको महाराजगञ्ज नगरपालिका–२ का वडाध्यक्ष उजेर अली घुससहित

बेलायतमा यक्वा तङनाम मनाइयो, चार श्रष्ठा सम्मानित

लण्डन– सेवारो कलाकार संघ युकेले सामुहिक रुपमा यक्वा तङनाम मनाउँदै

इलाममा सुहाङको अग्रता बढेर ६ हजार ४ सय पुग्यो

काठमाडौं- प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार भएको

अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ

धनगढी । कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक युवक पक्राउ परेका छन्।