सडक मर्मत नभएपछि कार्यालय प्रमुख एक घण्टा थुनिए « Khabarhub

सडक मर्मत नभएपछि कार्यालय प्रमुख एक घण्टा थुनिए


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दमौली – डिभिजन सडक कार्यालय दमौलीका प्रमुख विष्णुप्रसाद काफ्ले एक घण्टा कार्यकक्षमा थुनिएका छन् ।

पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको शुक्लागण्डकी–कोत्रे सडकखण्डको हलेदीमा भत्किएको सडकमर्मत गर्ने सहमति कार्यान्वयन नभएको भन्दै शुक्लागण्डकी नगरपालिका–२ गाछेपानी क्षेत्रका स्थानीयवासीले कार्यालय प्रमुख काफ्लेसहित इञ्जिनीयर सचिन श्रेष्ठलाई प्रमुखको कार्यकक्षममा राखेर चुकुल लगाएर थुनेका हुन् ।

राजमार्ग जीर्ण भएर ठाउँ–ठाउँमा भत्किँदा धुलो र हिलोले समस्या परेको भन्दै स्थानीयवासीले गत चैत २४ गते राजमार्ग अवरुद्ध गरेपछि सरोकारवालाको बैठकले तीन महीनाभित्र सडक मर्मतको काम थाल्ने प्रतिबद्धता जनाएको थियो । तर सहमति भएको चार महिना बिते पनि मर्मतको काम शुरु नभएपछि बाध्य भएर कार्यालय प्रमुखलाई कार्यकक्षमै थुन्नुपरेको स्थानीयवासी हरि रिमालले जानकारी दिए ।

घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याले आफूहरु आजित भइसकेको रिमालले गुनासो गरे । रिमालले कार्यालय प्रमुख र ठेकेदारको मिलेमतोका कारण काम हुन नसकेको आशङ्का व्यक्त गरे ।

दुईवर्ष अघि कालोपत्र गरिएको सडकखण्ड भत्किएर खाल्डो परेपछि सोही खाल्डोमा दैनिकजसो दुर्घटना बढेको स्थानीयवासी शङ्कर पन्तले बताए ।

स्थानीयवासीले सोही क्षेत्रका सांसद केदार सिग्देलको रोहवरमा कार्यालय प्रमुख काफ्लेलाई कार्यकक्ष बाहिर निकालेका थिए । सो अवसरमा सांसद सिग्देलले सडक डिभिजन कार्यालयले गम्भीरतापूर्वक स्थानीयवासीको माग पूरा गर्नुपर्नेमा जोड दिए ।

सडक डिभिजन कार्यालयका प्रमुख काफ्लेले यही भदौ १५ गतेबाट सडक मर्मतको काम शुरु गरिने प्रतिबद्धता जनाए ।

सडक डिभिजन कार्यालयले पुनःस्थापना कार्य अन्तर्गत विसं २०७३ साउन १२ गते रोशन सिद्धगढी जेभीसँग कालोपत्रको सम्झौता गरेको थियो । विसं २०७४ कात्तिक १२ गतेसम्म सम्पन्न गर्ने गरी दोस्रो पटक म्याद थप गरिएको थियो । कार्यालयका इञ्जिनीयर सचिन श्रेष्ठका अनुसार रु दुई करोड ७१ लाख ८८ हजार ८०२ मा ठेक्का लागेको उक्त कार्यको रु एक करोड ४१ लाख ५३ हजार ५३० मात्रै भुक्तानी गरिएको छ ।

एक हप्ताभित्र ठेकेदार कम्पनीले स्पष्टिकरण दिँदै वर्षालगत्तै काम गर्ने प्रतिबद्धता जनाए पनि काम शुरु नभएपछि कार्यालयले विसं २०७६ साउन २९ गते पत्र काटेर चाँडो काम गर्न, नत्र शर्त अनुसारको कारवाही गरिने ठेकेदारलाई जानकारी गराएको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  १० : १५ बजे

पर्वतमा अटोरिक्सा दुर्घटनामा हुँदा एकको मृत्यु, चार जना घाइते

पर्वत – पर्वतको फलेवास नगरपालिका-१० कुर्घामा अटोरिक्सा दुर्घटना हुँदा एकको

चिप्ले झरनाबाट खसेर बेपत्ता भएका युवकको शव फेला

कैलाली– कैलालीको चुरे गाउँपालिका-५ स्थित सुरुगडा चिप्ले झरनामा चिप्लिएर बेपत्ता

मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

उदयपुर– उदयपुरको त्रियुगा नगरपालिका–१० बोक्सेमा मोटरसाइकलले आज साइकललाई ठक्कर दिँदा

गगनको बेवास्ताले दबाबमा देउवा, पार्टी फुटाउनेसम्मको तयारीमा दोस्रो तहका नेता

काठमाडौं- नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले चुनदेवीमा बसेर पार्टीभित्र समानान्तर