सरकारी कार्यालयको छड्केमा ११२ अनुपस्थित « Khabarhub

सरकारी कार्यालयको छड्केमा ११२ अनुपस्थित


४ भाद्र २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लास्थित सरकारी कार्यालयमा छड्के निरीक्षण गर्दा ११२ कर्मचारी अनुपस्थित रहेको पाइएको छ । सङ्घीय तथा प्रदेशस्तरका २१ सरकारी कार्यालयमा बिहान १० बजेदेखि ११ बजेसम्म छड्के निरीक्षण गर्दा उक्त सङ्ख्यामा कर्मचारी अनुपस्थित रहेको पाइएको हो ।

निरीक्षणको क्रममा सम्बन्धित कार्यालयको २०७५ वैशाख १ देखि हालसम्मको हाजिरी अभिलेख निरीक्षण गर्दा कर्मचारीले लिएको बिदा, काज, सरुवा, बढुवालगायतका अभिलेख उल्लेख नगरेकाले देखिएकोले हाजिरी अभिलेख अद्यावधिक गर्न र जानकारीबिना अनुपस्थित हुने कर्मचारीलाई स्पष्टिकरण लिन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिए ।

प्रजिअ पण्डितका अनुसार कर्मचारीले गर्नुपर्ने पोशाकको प्रयोग, परिचयपत्र, नागरिक बडापत्र, सेवाप्रवाह, पदपूर्ति, जनशक्ति व्यवस्थापन, कार्यालयको सरसफाइलगायत सुशासन ऐन तथा नियमावली बमोजिम गर्नुपर्ने विस्तृत अनुगमन तथा निरीक्षण निकट भविष्यमा पुनः सञ्चालन गरिनेछ ।

प्रकाशित मिति : ४ भाद्र २०७६, बुधबार  ९ : ३५ बजे

कोप–३१ मा जलवायु वित्त र ऊर्जा रूपान्तरण मुख्य मुद्दा बन्ने

पेरिस- विश्वव्यापी तापक्रम वृद्धि र जलवायुजन्य क्षति बढिरहेका बेला टर्कीको अन्ताल्यामा

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा पूर्वमुख्यमन्त्री शाहीको उम्मेदवारी

काठमाडौँ – नेपाली कांग्रेसका नेता एवं पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीको

एनसेल ग्राहकलाई ट्रान्क्विलिटी स्पामा विशेष छुट 

काठमाडौं– एनसेलका ग्राहकहरूले अब ट्रान्क्विलिटी स्पामा स्पा तथा सौन्दर्य सेवाहरूमा बाइ

कांग्रेसको १५औँ महाधिवेशन : सहमहामन्त्री पदमा आङगेलु शेर्पाले दिए उम्मेदवारी

काठमाडौं- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहमहामन्त्री पदमा आङगेलु शेर्पाले उम्मेदवारी

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा रेग्मी

काठमाडौं– ग्लोबल आइएमई बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)