प्रधानमन्त्री भन्छन् : २ शेर मिलेर देश बनाउँछौ « Khabarhub

प्रधानमन्त्री भन्छन् : २ शेर मिलेर देश बनाउँछौ


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई शेर (सिंह)सँग तुलना गरेका छन् ।

धनगढीमा सुदूरपश्चिम प्रदेश स्ततरीय कार्यकर्ता भेलालाई बुधबार सम्बोधन गर्दै भने, ‘धेरैले भन्छन् एटै जंगलमा दुईवटा शेर बस्न सक्दैनन् तर हामीले देखाइदिउँ एउटै जंगलमा दुईवटा शेर पनि मिलेर बस्न सक्छन्।’ उनले अब २ शेर मिलेरै देश निर्माण गर्ने प्रतिबद्धता पनि जनाए । नेकपा एक प्रधानमन्त्री र ३ पूर्व प्रधानमन्त्री र अरु धेरै क्षमतावान नेताहरु भएको पार्टी भन्दै ओलीले यही क्षमतालाई देश विकासमा अघि बढाउने बताए ।

प्रधानमन्त्री ओलीले स्थानीय स्तरका कमिटी र जनवर्गीय संगठनको एकिकरणमा केही ढिलाइ भएको भए पनि त्यो अवस्था अब नलम्बिने स्पष्ट पारेका छन् । उनले चाँडै नै सबै कमिटीहरुको एकता टुंगिने बताए ।

प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पनि नेकपालाई दुई तिहाइ मत ल्याउन कसैले नरोक्ने दाबी गरे । ओलीले भने, ‘वर्तमान सरकार काम र पार्टी एकतापछि निर्माण हुने मजवुद संगठनले जनताको मन जितेर आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाइ मत दिने अवस्था आउँछ।’

प्रधानमन्त्री ओलीले अघिल्लो बर्ष देशको ढिकुटी रित्तिएकोले ज्येष्ठ नागरिक भत्ता वृद्धि गर्न नसकेको तर यो आगामी बर्षको बजेटमा ज्येष्ठ नागरिक भत्ता वृद्धि गरिने बताए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ८ : १३ बजे

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनको प्रश्न– ‘भोटेकोशी बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंले सुन्नुभयो ?’

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

काभ्रेको रोशी खोलामा बाढीको जोखिम : पनौती आसपासका स्थानीयलाई सतर्क रहन चेतावनी

काठमाडौँ – काभ्रेपलाञ्चोक स्थित रोशी खोलामा जलसतहले सतर्कता तह पार