गुरु नानकको जन्मजयन्ती मनाइँदै « Khabarhub

गुरु नानकको जन्मजयन्ती मनाइँदै


८ मंसिर २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती मनाइँदै छ । हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाका दिन शिख धर्मावलम्बीले गुरु नानकको जन्मजयन्ती मनाउने गर्छन् ।

गुरु नानकले ईश्वर एक र सर्वशक्तिमान् रहेको तथा सबै मानव समान भएको सन्देश दिएका थिए । जन्मजयन्तीका अवसरमा शिख धर्मावलम्बीले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।

गुरु नानकको जन्म सन् १४६९ अप्रिल १५ मा पाकिस्तानको पञ्जाबस्थित तलवडी भन्ने स्थानमा भएको थियो । हाल उक्त स्थानलाई ननकाना साहिब भनिन्छ । उनी शिख धर्मका संस्थापक तथा पहिलो गुरु हुन् । अनुयायीले उनलाई बाबा नानक र नानकशाहका नामले पनि सम्बोधन गर्छन् ।

उनले रचना गरेको जपुजी साहिब’ शिख धर्मको महत्वपूर्ण धार्मिक ग्रन्थका रुपमा परिचित छ । शिख धर्मावलम्बीले उक्त ग्रन्थको नियमित पाठ गर्ने गर्छन् । गुरुद्वारामा आज श्रद्धालुलाई सामूहिक भोजन गराइन्छ ।

प्रकाशित मिति : ८ मंसिर २०८३, मंगलबार  ८ : १७ बजे

ताप्लेजुङमा ५.६ म्याग्निच्युडको भूकम्प

काठमाडौँ– ताप्लेजुङको ओलाङचुङगोला र तिब्बतको सीमा क्षेत्र आसपासलाई केन्द्रविन्दु बनाएर

गुरु नानकको जन्मजयन्ती मनाइँदै

काठमाडौँ– विभिन्न धार्मिक तथा सामाजिक कार्यक्रम आयोजना गरी आज शिख

१०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि हुँदै, औपचारिक उद्घाटन मंसिर १६ गते

काठमाडौँ– १०औँ राष्ट्रिय खेलकुदका खेलहरु आजदेखि सुरु हुँदैछन् । राष्ट्रिय

तरकारीखेतीले बदलिएको तेजबहादुरको जीवन

म्याग्दी– तीन दशकअघिसम्म मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका म्याग्दीको बेनी

शुक्लागण्डकीबाटै स्थायी लेखा नम्बर र करसम्बन्धी सेवा

तनहुँ- तनहुँको शुक्लागण्डकी नगरपालिकाले सोमबारदेखि स्थायी लेखा नम्बर (प्यान)सम्बन्धी सेवा