बंगलादेशको ढाकामा आगलागी, ज्यान गुमाउनेको संख्या ७० पुग्यो « Khabarhub

बंगलादेशको ढाकामा आगलागी, ज्यान गुमाउनेको संख्या ७० पुग्यो


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– बंगलादेशको राजधानी ढाकामा भएको आगलागीमा परी ज्यान गुमाउनेको संख्या ७० पुगेको छ ।

ढाकाको पुरानो शहरमा रहेको रासायनिक भण्डारण केन्द्रमा आगलागी भएको द डेली स्टारले जनाएको छ। ठूलो आगलागी भएका कारण ज्यान गुमाउनेको संख्या बढ्ने अनुमान गरिएको छ ।

५ तले रासायनिक भण्डारको पहिलो तलाबाट हिजो (बुधबार) राति १०:४० मा शुरु भएको आगलागी नजिकका अन्य ३ घरहरुमा समेत फैलिएको थियो। आगलागी नियन्त्रणका लागि ३७ वटा दमकल प्रयोग गरिएको थियो ।

रसायनिक भण्डारण भएको र ठूलो भवनमा लागेको आगो नियन्त्रणमा लिन दमकललाई निक्कै समय लागेको थियो । दमकलले बिहान ३ बजेतिरमात्र आगो नियन्त्रणमा लिन सकेको थियो ।

आगलागीमा परेका ४१ जनाको जीवितै उद्धार गरिएको छ । उनीहरुको ढाका मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १० : ४१ बजे

विमानस्थलबाट सुनसहित एक व्यक्ति पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ४२२ दशमलव ५ ग्राम सुनजस्तो

हर्मुज खोल्ने इरानी प्रस्ताव अमेरिकाद्वारा अस्वीकार

न्युयोर्क– संयुक्त राज्य अमेरिकाले हर्मुज जलघाँटी पुनः खोल्ने इरानको प्रस्ताव अस्वीकार

भारतमा बाढीमा ६२ जनाको मृत्यु, हजारौँ प्रभावित

लखनऊ– भारतको उत्तरी राज्य उत्तर प्रदेशमा तीन दिनदेखि परेको भारी

दुर्गा प्रसाईँ फेरि पक्राउ

काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई फेरि पक्राउ परेका छन् । 

बिपी राजमार्ग खुलाउने प्रयास जारी

बनेपा– पछिल्लो चार दिनको निरन्तर वर्षाका कारण पहिरो तथा रोशी नदीको