‘डन ३’ मा शाहरुख खानको रिप्लेसमा रणवीर कपूर ? « Khabarhub

‘डन ३’ मा शाहरुख खानको रिप्लेसमा रणवीर कपूर ?


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता शाहरुख खानका पछिल्ला फिल्म बक्स अफिसमा फ्लप हुँदै आएका छन् । ‘फ्यान’ देखि ‘जिरो’ सम्म आउँदा सय करोड क्लबमा पनि प्रवेश गर्न सकेका छैनन् शाहरुखका फिल्मले ।

यसकै असर हुनुपर्छ, फिल्म ‘डन ३’ का मेकरले शाहरुखको सट्टामा रणवीर कपूरलाई यो फिल्म खेल्न अफर दिएका छन् ।

तर, भारतीय मिडियाका अनुसार रणवीरले यो फिल्मबाट पन्छिन अरु पनि फिल्म भएको भन्दै नखेल्ने बताएका छन् । समाचारका अनुसार ‘डन ३’ मा जुन डेट छ, त्यो पहिले नै बुक भइसकेको छ । उनलाई यो सिरिजमा काम गर्दा जोखिम पनि हुनसक्ने भएकाले फिल्म नखेलेको मिडियाले लेखेका छन् ।

सन् २००६ मा शाहरुख खानलाई लिएर फरहान अख्तरले ‘डन’ बनाएका थिए । यसको सिक्वेल ‘डन २’ पनि दर्शकले रुचाएका थिए ।

‘डन ३’ बनाउने हल्ला बाहिर आएपनि फिल्म निर्माणको औपचारिक घोषणा भने गरिएको छैन ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  १२ : ०० बजे

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त

सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ

काठमाडौं – भक्तपुरको मध्यपुरथिमि नगरपालिका-१ लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

बूढीगण्डकी बाढी : पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार

काठमाडौं – गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीका कारण पाँच

दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट

कञ्चनपुर – सुदूरपश्चिम प्रदेश सरकारले कञ्चनपुरको भीमदत्त र दोधारा-चाँदनी जोड्ने

शक्तिशाली भूकम्पका परकम्पपछि पानामामा सङ्कटकाल घोषणा

काठमाडाैं – शक्तिशाली भूकम्पपछि लगातार आएका परकम्पले बस्ती हल्लाएसँगै पानामा