कार्यदलको म्याद थप गर्नेबारे नेकपा बैठकमा कुरा मिलेन « Khabarhub

कार्यदलको म्याद थप गर्नेबारे नेकपा बैठकमा कुरा मिलेन


९ फाल्गुन २०७५, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पार्टी एकीकरणबारे सुझाव पेश गर्न गठिन कार्यदलबारे नेकपाको सचिबालय बैठक अनिर्णित बनेको छ ।

विहीवार विहान कार्यदलका सदस्यहरुसमेतको उपस्थितिमा बसेको सचिवाल बैठकमा कार्यदलका सदस्यहरुले एक हप्ता समय थप गर्न आग्रह गरेका थियो । तर सचिबालय बैठकले यसबारे केही निर्णय गर्न सकेन । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले सचिवालय बैठकमा थप छलफल आवश्यक भएकाले  शुक्रबार विहान ९ बजे पुन बैठक बस्ने जानकारी दिए ।

कार्यदलसँग संयुक्त बैठकपछि सचिबालय बैठक छुट्टै बसेको थियो ।

मंसिरमा बसेकोे स्थायी समिति बैठकले पार्टी एकताको बाँकी कामलाई पूरा गर्न सिफारिश गर्ने गरि प्रतिवेदन तयार गर्नका लागि रामबहादुर थापाको नेतृत्वमा ९ सदस्यीय कार्यदल गठन भएको थियो । तर तोकिएको सयमा कार्यदलले कुनै निर्णय गर्न नसकेपछि पूर्ण नभएको प्रतिवेदन सचिबालयमा बुझाएको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहिबार  १२ : २३ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२