ट्रम्पविरुद्ध अनुसन्धान गरिरहेका रोबर्ट मुल्लरले प्रतिवेदन बुझाउँदै « Khabarhub

ट्रम्पविरुद्ध अनुसन्धान गरिरहेका रोबर्ट मुल्लरले प्रतिवेदन बुझाउँदै


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अमेरिकी न्याय मन्त्रालयले आगामी साताभित्र सन् २०१६ मा भएको राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेपका विषयमा अनुसन्धान गरिरहेका अमेरिकी विशेष अभियोजनकर्ता रोबर्ट मुल्लरले महान्यायाधीवक्तालाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको घोषणा गर्ने भएको छ ।

अमेरिकी टेलिभिजन सीएनएनले स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार अमेरिकी न्याय मन्त्रालयले विशेष अभियोजनकर्ता मुल्लरले महान्यायाधीवक्ता विलियम बारलाई आफ्नो अनुसन्धान प्रतिवेदन बुझाएको घोषणा एक साताभित्र गर्नेछ ।
मुल्लरले महान्यायाधीवक्तालाई आफ्नो प्रतिवेदन बुझाएपछि महान्यायाधीवक्ताले त्यसको समिक्षा गरी कङ्ग्रेसलाई त्यस प्रतिवेदन बुझाउनुपर्ने प्रावधान छ ।

मुल्लरले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनमा रुसले गरेको भनिएको हस्तक्षेप तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले न्यायपालिकाको काममा बाधा पुर्‍याएको विषयमा अनुसन्धान गरिरहेका छन् । अनुसन्धानका बेला मुल्लरले तीन कम्पनी तथा ३४ व्यक्तिविरुद्ध अभियोग दर्ता गरेका थिए ।

तल्लो सदन हाउस अफ रिप्रेजेटेन्टिभमा बहुमत रहेका डेमोक्र्याट नेताहरुले भने महान्यायाधीवक्ता बारले मुल्लरको प्रतिवेदनमा भएका सबै विवरण कङ्ग्रेसलाई नबुझाउने सम्भावना रहेको जनाउँदै आएका छन् । यता ट्रम्पले भने कङ्ग्रेसलाई प्रतिवेदन बुझाउने वा नबुझाउने विषय महान्यायाधीवक्ता बारको हातमा रहेको जनाएका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ६ : २९ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील