रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न धुर्मुसको आह्वान « Khabarhub

रंगशाला निर्माणका लागि ‘गो फन्ड मी’ मार्फत सहयोग गर्न धुर्मुसको आह्वान


९ फाल्गुन २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चितवनमा बन्ने अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि हास्यकलाकार तथा अभियन्ता सीताराम कट्टेल ‘धुर्मुस’ ले गो फन्ड मीमार्फत आर्थिक सहयोगका लागि आह्वान गरेका छन् ।

केही महिनाअघि औपचारिक रुपमै घोषणा गरिएको यो रंगशाला अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाको शैलीमा निर्माण हुनेछ । रंगशाला निर्माणका लागि अहिले धुर्मुस–सुन्तलीले ‘धुर्मुस–सुन्तली फाउन्डेसन’ मार्फत आर्थिक रकम संकलन गरिरहेका छन् ।

‘हामीले यसलाई दीर्घकालीन हिसाबले रंगशाला सञ्जालनमा आउने उद्देश्यले परिकल्पना गरेका हौँ,’ धुर्मुसले आह्वान गर्दै भनेका छन्, ‘क्रिकेट मात्र नभएर अन्य विधाका खेल पनि खेल्न मिल्ने गरी यसको निर्माण थालेका छौँ ।’

यो समाचार तयार पार्दासम्म गो फन्ड मीमा एक सय ६० डलर जम्मा भइसकेको छ । अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माणका लागि ३ अर्ब लाग्नेछ । धुर्मुस–सुन्तलीले रंगशाला निर्माणकै लागि केही हप्ताअघि विदेशका विभिन्न ठाउँमा पुगेर कार्यक्रम समेत गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७५, बिहीबार  ५ : ४२ बजे

चौध लाख बराबरको अवैध सामान बरामद

पर्सा – सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वाटर

हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति

काठमाडौं – शरद ऋतुमा ३१ हिमाल आरोहणका लागि एक हजार

विदेशी लगानीमा माल्दिभ्सको कडाइ, २५ प्रतिशत स्थानीय स्वामित्व अनिवार्य

माले – माल्दिभ्सले विभिन्न क्षेत्रमा विदेशी लगानीसम्बन्धी नियम कडा बनाएको

संसदीय सुनुवाइ : दश जना प्रस्तावित राजदूतको नाम अनुमोदन, दुई जनाको अस्वीकृत

काठमाडौं – संसदीय सुनुवाइ समितिले १० जना प्रस्थावित राजदूतको नाम

गृहमन्त्री गुरुङ स्वदेश फिर्ता

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ तीनदिने भारत भ्रमण सम्पन्न गरी