स्थायी लेखा नम्बर लिने बढे « Khabarhub

स्थायी लेखा नम्बर लिने बढे


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

इलाम-सरकारले स्थायी लेखा नम्बर (प्यान) नम्बर लिन सबैलाई अनिवार्य गरेसँगै इलाममा पनि यो नम्बर लिनेको सङ्ख्या उल्लेखनीयरूपमा बढेको छ ।

सरकारले यस आर्थिक वर्षको शुरुबाटै स्थायी लेखा नम्बर लिन ताकेता गरेसँगै इलामको कर कार्यालयमा नम्बर लिने ह्वात्तै बढेको छ । करदाता सेवा कार्यालय इलामबाट हालसम्म सात हजार ६६६ ले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् । कार्यालयबाट हालसम्म आयकर आठ हजार ८३८ ले लिएका छन् ।

मूल्य अभिवृद्धि करतर्फ ६९१ फर्म दर्ता भएका छन् भने अन्तशुल्कतर्फ ७७० फर्म कर कार्यालयमा दर्ता भएका छन् । यस्तै संस्थागत प्यान नम्बर लिनेको सङ्ख्या ३२ मात्र रहेको छ । यसरी हेर्दा कार्यालय इलाममा हालसम्म १७ हजार ९९७ करदाता रहेको तथ्याङ्क छ ।

कार्यालयमा अहिले हरेक दिन व्यक्तिगत स्थायी लेखा नम्बर लिनेको भीड बढी नै रहेको कर अधिकृत प्रकाश राईको भनाइ थियो । सरकारले हरेक व्यक्तिले स्थायी लेखा नम्बर लिन अनिवार्य गराएपछि मानिसको चाप कार्यालयमा बढेको उनले बताए । धेरैजसो विभिन्न सङ्घ संस्थामा कार्यरत कर्मचारीले व्यक्तिगत स्थायी लेखा नम्बर लिएका छन् ।

कार्यालयमा सेवाग्राहीको भीड बढ्दै गएपछि कर्मचारीमा कार्यबोझ पनि बढेको छ । कार्यालयबाट अहिले दैनिकजसो ५०–६० जना सेवाग्राहीले स्थायी लेखा नम्बर लिइरहेका छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ५२ बजे

दातृ निकायबाट प्राप्त राहत सामग्री तत्काल पीडितलाई प्रदान गर्न माग

काठमाडौं– प्रतिनिधिसभा सदस्यहरूले दातृ निकायबाट बाढी प्रभावितका लागि प्राप्त राहत

धार्मिक पर्यटनको गन्तव्य चुरियामाई

बागमती– हरेक वर्ष विश्वकर्मा पूजा होस् वा दसैँको नवरात्र, हेटौँडा

चुनदेवीको देउवा क्याम्प छाडेर सानेपा भित्रिए कांग्रेसका यी नेता

काठमाडौं- नेपाली कांग्रेसले यही असोज १६ गतेदेखि पन्ध्रौँ महाधिवेशन तयारी

मेलम्ची आयोजनामा अवरोध हुन नदिन सांसद दुलालको माग

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद युवराज दुलालले मेलम्ची खानेपानी आयोजनामा

ब्राजिलका राष्ट्रपतिले ट्रम्पलाई चुनावमा हस्तक्षेप नगर्न आग्रह गर्ने

एजेन्सी– ब्राजिलका राष्ट्रपति लुइज इनासिओ लुला दा सिल्भाले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई