वर्नेमाउथ इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा, साउथह्याम्टन ३–१ ले पराजित « Khabarhub

वर्नेमाउथ इंग्लिस प्रिमियर लिगको तेस्रो स्थानमा, साउथह्याम्टन ३–१ ले पराजित


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- वर्नेमाउथ ईङ्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिन सफल भएको छ ।

पहिलो पटक साउथह्याम्टनलाई ३–१ गोल अन्तरले पराजित गर्दै वर्नेमाउथ प्रिमियर लिगका शीर्ष तीनमा उक्लिन सफल देखिएको हो ।

नाथन एकेले १० औ मिनेटमा गोल गर्दै वर्नेमाउथलाई सुरुवाती अग्रता दिलाएका थिए । डिएगो रिकोको कर्नरलाई सदुपयोग गर्दै उनले हेडमार्फत गोल गरेका थिए ।

पाहुना टोलीका लागि ह्यारी विल्सनले ३५ औ मिनेटमा अग्रतालाई दोब्बर बनाए ।

जेम्स वार्ड प्राउसले ५३ औ मिनेटमा पेनाल्टीमा गोल गर्दै घरेलु टोली साउथह्याम्टनको गोल अन्तर घटाउने काम गरेका थिए ।

कालुम विल्सनले ईन्जुरी समयमा गोल गर्दै वर्नेमाउथको जित सुनिश्चित गरेका थिए ।

वर्नेमाउथले कुनैपनि प्रतियोगितामा साउथह्याम्टनमाथि पहिलो जित निकाल्दै प्रिमियर लिगको तालिकामा छलाङ मार्न सफल रह्यो ।

वर्नेमाउथ ६ खेलबाट १० अंक बटुल्दै तालिकाको तेस्रो स्थानमा उक्लियो । साउथह्याम्टन ७ अंक सहित ११ औ स्थानमा रह्यो ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ६ : ५५ बजे

धादिङमा जुधाइयो एक सय हल गोरु

मलेखु – माघे सङ्क्रान्तीको दिन आज धादिङमा एक सय हल

रविको मुद्दा फिर्ताविरूद्ध सडकमा उत्रिए सहकारी पीडितहरू

काठमाडौं- सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरका अभियुक्त

मगर समुदायले मनाए सांस्कृतिक कार्यक्रमसहित माघे सङ्क्रान्ति

काठमाडौं– मगर समुदायले आफ्नो प्रमुख सांस्कृतिक चाड माघे सङ्क्रान्ति आज

जसपा नेपालले माघ ५ गते ‘बलिदानी दिवस’ मनाउने

काठमाडौं- जनता समाजवादी पार्टी नेपालले माघ ५ गते सबै संसदीय