आफ्नो पैताला हेर्नुहोस, रेखाबाट थाहा हुन्छ भाग्य « Khabarhub

आफ्नो पैताला हेर्नुहोस, रेखाबाट थाहा हुन्छ भाग्य


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

हातका रेखामा हेरेर मानिसको भविष्यवाणि गर्ने कुरा सवैलाई थाहा भएकै विषय हो । ज्योतिषहरुका अनुसार हातमा भविष्य बताउने रेखाहरु हुन्छन् ।

यति मात्र होइन, शरीरका विभिन्न भागका चिन्ह, बनौट र रेखाका आधारमा मानिसको भाग्य र स्वभाव निर्धारण गर्ने समेत उनीहरु बताउँछन् ।

हातको रेखा जस्तै खुट्टाका रेखाले पनि मानिसको स्वभाव र भाग्य विश्लेषण गर्ने समुन्द्र शास्त्रमा उल्लेख छ । पैतालामा कस्तो चिन्ह, बनोट वा रेखा भए मानिसको स्वभाव कस्तो रहन्छ ?

१. शास्त्र अनुसार खुट्टाको कान्छी औंलाको फेंदमा माथितिर गएको रेखा छ भने त्यस्ता ब्यक्तिहरु भोगी र विलाशी हुन्छन् । उनीहरु भाग्यमानी, प्रतिष्ठित र धनी समेत हुने योग हुन्छ ।

२. यदि कुनै व्यक्तिको पैतालाको मध्य भागमा वृत्त अर्थात गोलो आकृति छ भने यस्ता ब्यक्ति धनी हुने योग हुन्छ । उनीहरुले धन कमाउन धेरै मेहनत गर्नुपर्दैन ।

३. यदि कसैको पैतालमा त्रिशुलको चिन्ह छ भने, ति ब्यक्ति निक्कै भाग्यशाली हुन्छन् । उनीहरुले उच्च पदको सरकारी जागिर वा पदवी पाउने योग हुन्छ ।

४. यदि कसैको पैतालाको बुढी औंलाको फेंदमा स्वस्तिक चिन्ह हुन्छ भने त्यस्ता ब्यक्ति महामानव हुन्छन् । यस्ता व्यक्तिलाई विश्वले चिन्छ ।

५. जसको पैतालामा मध्य भागमा अर्धचन्द्राकर रेखा छ भने यस्ता ब्यक्ति धनी हुने तर धनलाई महत्व नदिने हुन्छन् ।

६. यदि पैतालामा दुई धर्का जोडिएर क्रस भएको छैन भने ति ब्यक्तिहरु भाग्यशाली हुने योग हुन्छ । यस्ता व्यक्तिले ब्यापार ब्यवसाय गरेमा सफलता पाउने योग हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : ०१ बजे

परराष्ट्रमन्त्री खनाल र बेलायतका मन्त्री मल्होत्राबीच भेटवार्ता

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनाल र संयुक्त अधिराज्यका इन्डो–प्यासिफिक मन्त्री

महोत्तरीमा डुबेर एकै दिन चार बालिकाको मृत्यु

महोत्तरी । महोत्तरीमा डुबेर चार जना बालिकाको मृत्यु भएको छ

एमाले सचिवालय बैठक शनिबार पुनः बस्ने

भक्तपुर – नेकपा (एमाले) केन्द्रीय सचिवालयको बैठकमा आज पाँच उपाध्यक्षहरूले

प्रधानन्यायाधीश शर्मालाई बारको ध्यानाकर्षण

काठमाडौं – प्रधानन्यायाधीश डा मनोजकुमार शर्मासमक्ष नेपाल बार एशोसियशनले ३९

कृष्ण बिकको ‘ढल्की ढल्की’ सार्वजनिक

काठमाडौं – गायक कृष्ण बिक र गायिका दिपिका बायम्बुको स्वर