अपराध नियन्त्रणका लागि कार्ययोजना « Khabarhub

अपराध नियन्त्रणका लागि कार्ययोजना


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम- जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले चाडपर्व लक्षित अपराध नियन्त्रण कार्ययोजना शुक्रबार सार्वजनिक गरेको छ ।

आउँदै गरेको दशैँ, तिहार र छठपर्वमा हुन सक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न २० बुँदे कार्ययोजा सार्वजनिक गरेको हो ।

नागरिकको जीउधनको सुरक्षा तथा शान्तिपूर्ण वातावरण कायम राख्न विशेष सुरक्षासहितको योजना बनाइएको प्रहरी नायब उपरीक्षक सुमित खड्काले बताए ।

उनका अनुसार चाडपर्व लक्षित आपराधिक घटनालाई नियन्त्रण गर्न २४ सै घण्टा प्रहरी परिचालन गरिने योजना निर्माण गरिएको बताइएको छ ।

प्रहरीले सार्वजनिक गरेको कार्ययोजनामा सबै प्रहरी एकाइबाट नियमित गस्ती, निगरानी तथा जिल्लामा आउजाउ हुने नाकामा प्रहरी टोली तैनाथ गरिने भएको छ ।

त्यस्तै सम्भावित भीडभाड हुने स्थानमा सादा पोशाकमा प्रहरी टोली खटाइ नागरिकलाई शान्तिपूर्ण वातावरणको प्रत्याभूति गराउने योजना रहेको प्रहरी नायब उपरीक्षक खड्काको भनाइ छ ।

प्रहरी कार्यालयले चाडपर्वको अवधिभर नागरिकको सुरक्षाका लागि प्रहरी कार्यालय र मातहतबाट ३४५ प्रहरी परिचालन गरिने जानकारी दिएको छ ।

बैंक तथा वित्तीय संस्थामा कार्यरत सुरक्षा गार्डसँग समन्वय गरी सुरक्षा व्यवस्थामा कडाइ र सार्वजनिक यातायातका साधनमा हुने ठगी, चोरी एवं लुटपाट नियन्त्रणका लागि प्रहरी परिचालन गरिने कार्ययोजनामा बताइएको छ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  ८ : २३ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले