निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल « Khabarhub

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल


१ आश्विन २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताएका छन् । 

बिहीबार काठमाडौंको भृकुटिमण्डपमा नेपाल घरजग्गा तथा निर्माण प्रदर्शनी उद्घाटन गर्दै सभामुख अर्यालले विगत लामो समयदेखि निजी क्षेत्रले नै सम्पूर्ण व्यावसायिक जोखिम मोलेर देशको अर्थतन्त्र धानेको भन्दै निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्ने बताएका हुन् । 

उनले नेपालका करिब ८० प्रतिशत घरधुरीमा रेमिट्यान्स भित्रिने गरेको र तीव्र सहरीकरण भइरहेकाले नयाँ विकास र निर्माणको ठूलो सम्भावना रहेको बताए । 

रियल इस्टेट आन्तरिक अर्थतन्त्रलाई चलायमान बनाउने सबैभन्दा महत्त्वपूर्ण क्षेत्र भएकाले यस क्षेत्रलाई राज्यले प्रोत्साहन गर्नुपर्ने उनले बताए। 

उनले व्यवसायीहरूको प्रमुख समस्याका रूपमा रहेको ’हदबन्दी’ को विषयमा सरकार गम्भीर रहेको भन्दै यसको छिट्टै समाधान निकालिने विश्वास व्यक्त गरे। 

नयाँ पुस्तालाई आकर्षित गर्न यस पेशालाई मर्यादित, सुरक्षित र सम्मानित बनाउन आवश्यक रहेको उनको भनाइ छ । उनले हालैको बाढीका कारण पाँच वर्षको पुँजीगत खर्चले पनि नभ्याउने गरी ठूलो भौतिक क्षति भएको भन्दै विपद्पछिको पुनर्निर्माण, दिगो संरचना निर्माण र आर्थिक पुनरुत्थानमा निजी क्षेत्र र सरकार मिलेर अघि बढ्नुपर्नेमा जोड दिए । 

नेपाल जग्गा तथा आवास विकास संघ र नेपाल जग्गा तथा आवास विकास महासंघको संयुक्त आयोजनामा सुरु प्रदर्शनीमा अपार्टमेन्ट, जग्गा विकास आयोजना, सिमेन्ट, स्टिल, काठ, सिसा, पेन्ट्स, सेनिटरी, विद्युतीय उपकरण, इन्टेरियर डिजाइन, सौर्य ऊर्जा, रेन वाटर हार्भेस्टिङ तथा फोहोर व्यवस्थापनलगायतका सामग्री तथा प्रविधि लगायतका स्टल रहेका छन् । 

प्रकाशित मिति : १ आश्विन २०८३, बिहिबार  २ : ०३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका