रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ « Khabarhub

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ


१ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा विपद्का लागि विदेशी दातृ निकाय तथा विभिन्न देशले पठाएका राहत सामग्री अलपत्र अवस्थामा रहेको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले विमानस्थलमा लत्ताकपडालगायत ठूलो परिमाणमा राहत सामग्री थन्किएको उल्लेख गर्दै सम्बन्धित क्षेत्रबाट माग नआएको भन्दै ती सामग्री वितरण नभएको जानकारी पाएको बताए । 

विभिन्न संस्थाले पठाएका सामग्री लिन जाँदा भन्सार लाग्ने जानकारी पाएपछि उनीहरू फर्किने गरेको समेत कर्मचारीबाट सुनेको उनको भनाइ छ ।

सांसद न्यौपानेले विगतमा कोरोनाका बेला विदेशीबाट प्राप्त २० कन्टेनर सामग्रीसमेत प्रयोग नभई खेर गएको उदाहरण दिँदै अहिले आएका राहत सामग्री पनि त्यसैगरी खेर जान नदिन सरकारको ध्यानाकर्षण गराए ।

उनले रसुवा विपद्पीडित क्षेत्रमा सामग्रीको आवश्यकता भए तत्काल पठाउन र माग नभए अन्य विपद्का लागि प्रयोग हुने गरी व्यवस्थापन गर्न सरकारसँग आग्रह गरे । 

साथै, विमानस्थलमा राहत सामग्री थन्किएको अवस्थामा विपद्पीडित नागरिकले आवश्यक मलमपट्टी गर्ने सामग्री नपाउने अवस्था आउन नहुने बताए ।

प्रकाशित मिति : १ आश्विन २०८३, बिहीबार  २ : १५ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले