बसको ठक्करबाट युवकको मृत्यु | Khabarhub Khabarhub

बसको ठक्करबाट युवकको मृत्यु


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गोरखा शहीद लखन गाउँपालिका–२ घर भई आँबुखैरेनी गाउँपालिका–३ बस्ने २८ वर्षीय यमबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पोखराबाट मुग्लिङतर्फ जाँदै गरेको लु१ख ८००२ नं को बसले विपरीत दिशाबाट आउँदै गरेको बा ९९ प १४७३ नंको मोटरसाइकललाई आँबुखैरेनी गाउँपालिका–३ बजार क्षेत्रमा ठक्कर दिँदा थापाको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक महेशराज पाठकले जानकारी दिए ।

उनका अनुसार बसको ठक्करबाट घाइते थापाको स्थानीय छिम्केश्वरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा छन् ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  २ : ०९ बजे

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौं– सत्तासाझेदार नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ

सगरमाथा आरोहीको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै

काठमाडौं – विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने आरोहीको पहिलो

यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

लिग-२ को अभ्यास: गुल्सन र आरिफको शानदार ब्याटिङमा नेपाल विजयी

काठमाडौं – आईसीसी विश्वकप लिग–२ को अभ्यासका लागि युके पुगेको