यी कारणले पनि हुन सक्छ पति पत्नीबीच झगडा « Khabarhub

यी कारणले पनि हुन सक्छ पति पत्नीबीच झगडा


४ आश्विन २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पति पत्नीबीच उत्पन्न हुने तनावका कारण धेरैको वैवाहिक जीवन समस्यामा परेको हुन्छ । त्यसैले पति पत्नीबीचको सम्बन्धलाई राम्रो बनाइ राख्न धेरै कुरामा गम्भीर बन्नुपर्ने हुन्छ ।

कुनै पनि विषयमा छलफल गरेर अघि बढ्दा पति पत्नीबीचको समस्या समाधान गर्न सकिन्छ ।

पति पत्नीको सम्बन्ध सुखद् र शान्तिपूर्ण बनाउनका लागि दुबै जनाबीचको तालमेल आवश्यक हुन्छ ।

वास्तुशास्त्र अनुसार घरमा भएको दोषका कारण पति पत्नीबीचको सम्बन्धमा समस्या आउन सक्छ । वास्तुका अनुसार घरको दोषका कारण सन्तान सुख प्राप्तिमा पनि असर पर्न सक्छ ।

त्यसकारण केही वास्तु टिप्स बारे जानकार हुन आवश्यक छ ।

यदी सन्तान प्राप्तिमा ढिलाई भइरहेको छ भने पति पत्नीले सन्तान प्राप्तिका लागि उत्तर पश्चिम दिशा या उत्तर दिशामा सुत्नु पर्छ । यो दिशामा सुत्नेकोठा बनाएको खण्डमा प्रेम बढ्नुका साथै चाडै सन्तान सुख प्राप्ति हुन्छ ।

यदी एकै खाटमा दुई फरक फरक डस्नाको प्रयोग भएको छ भने पनि पति पत्नीबीचमा मतभेद उत्पन्न हुन सक्छ । त्यसैले एक खाटमा एउटै डस्ना वा गद्दाको प्रायोग गर्नुहोस् ।

पति पत्नीको सम्बन्ध र सन्तान सुखका लागि कहिले पनि घरको बिम(ढलानको बिम)को ठिक तल सुत्नु हुँदैन ।

पति पत्नीबीच विवाद भइरहे शनिवारको दिन घरमा गहुँ पिस्नुहोस् । त्यस समय गहुँमा कालो चना पनि मिसाउनु होला ।

पति पत्नीबीचको सम्बन्ध सुमधुर बनाउनका लागि शयन कक्षको भित्तामा राधा कृष्ण तथा फूलेको गुलाव या हासिरहेको बच्चाको तस्वीर टाँस्दा फाइदा पुग्छ ।

पति पत्नी सुत्ने कक्षमा ड्रेसिङ टेबल राख्नु बास्तुशास्त्रका अनुसार गलत हुन्छ ।

प्रकाशित मिति : ४ आश्विन २०७६, शनिबार  २ : २४ बजे

देउवालाई हटाएर, पार्टी कब्जा गरेर कांग्रेस चल्दैन, विधानअनुसार नेतृत्व फेरौँ

काठमाडौं– नेता विमलेन्द्र निधिले नेपाली कांग्रेस इतर समूहको राष्ट्रिय भेलामा

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम